![](https://internal.appharu.com/wp-content/uploads/2019/10/Nepal-Clearing-House.jpg)
काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बाट हुने कारोबारमा उलेख्य वृद्धि भएको छ । एनसीएचएलबाट राजश्व संकलन, खर्चदेखि अन्य कारोबारमा शतप्रतिशतसम्म वृद्धि भएको छ ।
सरकारलाई कर बुझाउने अन्तिम दिन पुस मसान्तसम्म राजश्व बुझाउने कारोबारको संख्यामा उल्लेख्य वृद्धि भएको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशषमान सिंह प्रधानले बताए ।
‘कनेक्ट आइपीएसबाट हुने कारोबारमा शतप्रतिशतले बढेको छ,’ क्लिकमाण्डूसँग कुरा गर्दै प्रधानले भने, ‘पछिल्लो ६ महिनामा डिजिटल कारोबारमा उल्लेख्य वृद्धि भएको छ ।
त्यस्तै, चेक क्लियरिङमा २० प्रतिशतको प्रगति भएको छ । खर्चको कारोबार र राजशव संकलन दुवै डिजिटलमा वृद्धि भइरहेको छ।
‘खर्चको कारोबारमा गत वर्षभरीमा ६९ लाख ट्रान्जेक्सन भएको थियो,’ प्रधानले भने, ‘चालु आवको पुस मसान्तसम्ममा ४२ लाख त्यस्तो ट्रान्जेक्सन भएको छ ।’
![](https://internal.appharu.com/wp-content/uploads/2021/02/neelesh-man-singh-pradhan-clickmandu.jpg)
गत वर्षभरीको संख्यालाई तुलना गर्दा ६ महिनामा ८० प्रतिशतले वृद्धि भएकोछ ।खर्चको कारोबारमा झन्डै ९० प्रतिशत डिजिटल भइसकेको छ ।
राजश्व संकलनमा पनि गत वर्षभरीको तुलनामा ५० प्रतिशभन्दा धेरैले वृद्धि भएको छ । सरकारलाई बुझाउने करको लागि गत वर्ष ४ लाख ६४ हजार कारोबार भएकोमा अहिले ६ महिनामा ७ लाख कारोबार भइसकेको प्रधानले बताए ।
राजश्व संकलनमा पनि गत वर्षसम्म १० प्रतिशत डिजिटल भएकोमा यसपाली २५ प्रतिशतजति डिजिटल पुग्ने अनुमान कम्पनीको छ । गत वर्षभन्दा यो वर्ष तीन गुणाले वृद्धि भएर १५ लाख कारोबार हुने अनुमान छ ।
एनसीएचएलबाट पछिल्लो ६ महिना साउनदेखि पुस महिनासम्म ७८ खर्ब ८९ अर्ब २३ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो कारोबारमध्ये इसीसीबाट ५५ खर्ब, आइपीएसबाट १० खर्ब र कनेक्ट आइपीएसबाट १३ खर्ब ६९ अर्बभन्दा धेरैको कारोबार भएको छ ।
६ महिनामा कारोबार संख्या हेर्ने हो भने ३ करोड ४१ लाख ८९ हजार ७ सय ६५ भएका छन् । गत वर्ष २०७७, ७८ को वर्षभरीमा यस्तो करोबार संख्या ४४ करोड ७६ लाख ८ हजार ७३ रहेको थियो ।
SHARE YOUR THOUGHTS