प्राधिकरणका निवर्तमान प्रमुख काफ्ले भन्छन्,–कुलमानसँग खुल्ला मञ्चमा भिँड्न तयार छु « Eglish Khabarhub

प्राधिकरणका निवर्तमान प्रमुख काफ्ले भन्छन्,–कुलमानसँग खुल्ला मञ्चमा भिँड्न तयार छु


१७ मंसिर २०७३, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

mukesh-raj-kafle-2

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक मुकेशराज काफ्लेले प्राधिकरणको अहिलेको नेतृत्व (कुलमान घिसिङ) सँग खुल्ला मञ्चमा भिँड्न तयार रहेको बताएका छन् ।

प्राधिकरण नेतृत्वले केही हप्तादेखि आफुविरुद्ध नियोजित रुपमा भ्रामक सूचनाहरु सार्वजानिक गरिरहेको दाबी गर्दै काफ्लेले उनले आफू आम जनता, प्राधिकरण र उर्जा मन्त्रालयका सम्पूर्ण कर्मचारीहरु र विज्ञहरुसहित राखेर अहिलेको प्राधिकरण नेतृत्वसँग खुल्ला मञ्चमा उत्रिएर बहस गर्न तयार भएको बताए ।

‘मेरो विरुद्धमा केही हप्तायता नियोजित रुपमा भ्रामक समाचारहरु बाहिर आइरहेका छन्, यसअघिको प्राधिकरणको नेतृत्वले कानूनीरुपमा गल्ती गरेको भए कानूनी रुपमै कारबाही होस्, जिम्मेवार पदमा बसेका व्यक्तिले यसरी भ्रामक सूचना बाहिर ल्याएर चरित्र हत्या गर्न मिल्छ ? अहिलेको नेतृत्वसँग म खुल्लामञ्चमा बसेर बहस गर्न तयार छु,’ ‘ काफ्लेले क्लिकमाण्डूसँग भने।

अदालतबाट पनर्वहाली पाएका काफ्लेलाई उर्जामन्त्री जनार्दशन शर्माको दबाबमा पदबाट राजिनामा गर्न लगाएर घिसिंगलाई कार्यकारी निर्देशकमा नियुक्ति गरिएको थियो ।

‘बिद्युत प्राधिकरणलाई आजको अवस्थासम्म ल्याउन सहयोग पुर्याउने अग्रजहरू, कर्मचारी साथीहारू, राजनीतिक नेतृत्व सबैको मानमर्दन हुनेगरि जिम्मेवार ब्यक्तिहरूबाट अभिव्यक्ति आउनु खेदजनक छ,’ काफ्लेले भने ।

घिसिङ प्राधिकरणको नेतृत्वमा आएपछि काठमाडौं उपत्यकालगायतका स्थानहरुमा लोडसेडिङ अन्त्य गरेका छन् । विगतको नेतृत्वले व्यवस्थापन गर्न नसकेको र अहिलेको नेतृत्वले कुशल व्यवस्थापन गर्न सफल भएको घिसिङकाे दाबी छ ।

तर, प्राधिकरण र उर्जा मन्त्रालयका अधिकारीहरुबाट यसअघिको नेतृत्वले जनतालाई विजुली लुकाएर सिमित व्यक्तिहरुलाई बेचेर जनतामाथि अपराध गरेको आरोप लगाउदै अाएका छन् । यसअघिको नेतृत्वलाई कमजोरी देखाएर कारवाही गर्ने उद्देश्यले विभिन्न प्रकारका सूचनाहरु मिडियामा सार्वजानिक भइरहेको काफ्लेकाे दाबी छ ।

आफु कार्यकारी निर्देशक हुँदा तयार पारेको पूर्वाधारका कारण नै अहिले लोडसेडिङ अन्त्य भएको उनको दाबी छ । ‘बिद्युत प्राधिकरणलाई आजको अवस्थासम्म ल्याउन सहयोग पुर्याउने अग्रजहरू, कर्मचारी साथीहारू, राजनीतिक नेतृत्व सबैको मानमर्दन हुनेगरि जिम्मेवार ब्यक्तिहरूबाट अभिव्यक्ति आउनु खेदजनक छ,’ काफ्लेले आफ्नो फेसबुक पेजमा लेखेका छन् । हालको नेतृत्व विरुद सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने सबैलाई नियोजित रुपमा चरित्र हत्या गर्न खोजिएको उनको आरोप छ ।

वास्तविकता र यथार्थता थाहा पाउने सबैको अधिकार भएपनि सूचनासम्म सबैको सहज पहुँच नहुदा कहिलेकाहीँ भ्रामक, नकारात्मक र उत्तेजना फैलाऊने समाचारले मन मस्तिकमा स्थान पाउने नेपाली समाजको चरित्र भएको उनको धारणा छ ।

‘वास्तविकता र यथार्थता थाहा पाउने सबैको अधिकार भएपनि सूचनासम्म सबैको सहज पहुँच नहुदा कहिलेकाही भ्रामक, नकारात्मक र उत्तेजना फैलाऊने समाचारले मनमस्तिकमा स्थान पाउने हाम्रो समाजको चरित्र भएको छ। तसर्थ वास्तविकतामा सभ्य प्रतिक्रिया जनाउनु नै सभ्य र सचेत नागरिकको कर्तव्य हो जस्तो लाग्छ ।’ काफ्लेले लेखेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७३, शुक्रबार ००:००  ५ : ५५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping