![](https://internal.appharu.com/wp-content/uploads/2017/03/Chandragiri_cablecar.jpg)
काठमाडौं । चन्द्रगिरी हिल्सको नोक्सान घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ। जसमा कम्पनीको नोक्सानी घटेको देखिएको छ ।
गत आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ करोड ३२ लाख ३९ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनी चालु आवको सोही अवधिमा आइपुग्दा नोक्सान घटाएर १ करोड ७५ लाख ३० हजार रुपैयाँमा सिमित भएको छ ।
कम्पनीको सञ्चालन नाफामा आएको सुधारले नोक्सानी कम हुँदै गएको छ । गत आवको पुस मसान्तसम्म ५ करोड १५ लाख ९ हजार रुपैयाँ रहेको सञ्चान नाफा चालु आवको सोही अवधिमा बढेर २५ करोड ९२ लाख ३० हजार रुपैयाँ रहेको छ ।
यो अवधिमा कम्पनीको कुल आम्दानी ३ करोड २९ लाख ९ हजार रुपैयाँ रहेकोमा चालु आवको दोस्रो त्रैमासमा आइपुग्दा २१ करोड २० लाख ६१ हजार रुपैयाँ रहेको छ ।
१ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने ४३ करोड ७५ लाख ४४ हजार रुपैयाँले ऋणात्मक रहेको छ।
चालु आवको ६ महिनामा कम्पनीको प्रतिसेयर १ रुपैयाँ १४ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ४८ पैसा रहेको छ।
SHARE YOUR THOUGHTS