![](https://internal.appharu.com/wp-content/uploads/2022/02/wean-768x768.jpg)
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले विन लघुवित्त वित्तीय संस्थालाई गाभ्यो ।
कात्तिक १५ गतेबाट विन नेपाल लघुवित्त वित्तीय संस्थाबाट एकिकृत कारोबार भयो । नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्था संस्था एक आवसमा गाभ्ने-गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धी विनियमावली अनुसार अनुमति दियो । दुवै संस्था एक एक भएपछि सुरु भएको सेयर कारोबारले अहिले निकै उछाल ल्याइरहेको छ ।
उक्त कम्पनीको सेयर करिब २० दिनको अवधिमा बढेर दोब्बर पुगको छ । माघ ५ गते कम्पनीको सेयर मूल्य प्रति कित्ता ८३१ रुपैयाँ रहेको थियो । अहिले बढेर प्रति कित्ता १७८१ रुपैयाँ १० पैसा पुगेको छ । यो अवधिमा कम्पनीको सेयर मूल्य प्रति कित्ता ९५० रुपैयाँले बढेको छ ।
पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रत्येक कारोबार दिन सर्किट लाग्ने गरेको छ । हरेक दिन बजार १० प्रतिशतले बढिरहेको छ । जसले गर्दा कम्पनीका लगानीकर्तालाई निकै उत्साहित बनाएको छ ।
कम्पनीको मूल्य दैनिक बढ्दा लगानीकर्ताले आफुुसँग भएको सेयर बिक्री नगरी राखेका छन् । कम्पनीको सेयर धेरै लगानीकर्ताले खोजिरहेका छन् । अहिले बिक्री गर्ने लगानीकर्ताले छैनन् भने किन्नेको मात्रै भिड लागेको छ । यो कम्पनीको चुक्ता पुँजी ७ करोड २४ लाख ४६ हजार ३०० रुपैयाँ रहेको छ भने बजार पुँजीकरण १ अर्ब २९ करोड ३ लाख ४१ हजार ४९ रुपैयाँ रहेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/02/wean-nepal.jpg)
SHARE YOUR THOUGHTS