![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । यो साता सेयर बजारमा केही उतारचढाव देखिएको छ । उतारचढावकाबीच बजारमा ९६.७६ अंकको बढोत्तरी देखिएको छ ।
यो सातामा ४ दिन मात्रै सेयर कारोबार भयो । ४ दिनको कारोबारमा बजार ९६.७६ अंकको बढोत्तरी देखिएको हो । गत बिहीबार बजार सामान्य अंकले बढेर २७७९.९८ बिन्दुमा रोकिएको थियो ।
बिहीबार बजार ३.३३ अंकले बढेर २७७९.९८ बिन्दुमा रोकिएको थियो । तर आइतबार बजार १०५.५५ अंकले बढेर २८८५.५३ बिन्दुमा रोकिएको थियो । बजारमा पहिलो दिन जुन उत्साह थियो । त्यो उत्साह दोस्रो कारोबार दिनमा देखिएन ।
दोस्रो दिन बजार १३.४८ बिन्दुले घटेर २८७२.०५ बिन्दुमा रोकियो । यस्तै मंगलबार भने बजारमा केही सुधार देखियो । मंगलबार बजार १९.२८ अंकले घटेर २८९१.३३ अंकले घटेको थियो । बुधबार तामाङ समुदायको ल्होसार परेको कारण सरकारले सार्वजनिक विदा दिएको थियो ।
साताको अन्तिम दिन बिहीबार भएको कारोबारमा बजारमा १४.६० अंकले घटेर २८७६.७४ बिन्दुमा रोकिएको छ । साताको अन्तिम दिनको कारोबारमा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँको सेयर किनबेच भएको छ ।
SHARE YOUR THOUGHTS