![](https://internal.appharu.com/wp-content/uploads/2018/09/IPO.jpg)
काठमाडौं । ग्रीन भेञ्चर्स लिमिटेड कम्पनीले फागुन २ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पुँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयामध्ये १० प्रतिशतले हुन आउने प्रतिकित्ता १ सय रुपैयाँका दरले ३१ लाख २५ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।
जसमध्ये ओखलढुंगा खिजिदेम्बा गाउँपालिका–१ र २, ३, लिखुगाउँपालिका ९, लिखु तामाकोसी गाउँपालिका १, रामेछाप लिखु तामाकोसी गाउँपालिका २ र रामेछाप र उमाकुण्ड गाउँपालिका ७ र रामेछाप जिल्लाका बासिन्दाहरुका लागि आइपीओ निष्कासन गर्न लागिएको हो ।
आइपीओ निष्कासन फागुन २ गते निष्कासन भइ छिटोमा फागनु १६ र ढिलोमा चैत १ गते बन्द हुनेछ ।
लिखु–४ खोला जलविद्युत् आयोजनाको कूल अनुमानित लागत प्रतिमेगावाट २३.०५ करोड रुपैयाँ रहेको छ ।
SHARE YOUR THOUGHTS