मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अपडेट: ब्याजदर बढ्दा प्यानिक बन्यो सेयर बजार


काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर बढाएसँगै सेयर बजार निकै प्यानिक बनेको छ । पि–ओपनिङमा नै घटेको बजार अहिले पनि निरन्तर घटिरहेको छ ।

बैंकले निक्षेपमा बढाएको ब्याजका कारण बजारमा पहिरो गएको हो । अहिलेको अस्थिर बजारमा लगानीगर्नु भन्दा बैंकको मुद्दति निक्षेपमा पैसा राखेर ब्याज खान फाइदा देखेपछि बजार प्यानिक बनेको जानकार लगानीकर्ताकोे भनाइ छ ।

यो समाचार तयारपार्दासम्म बजार ८२.३८ अंकले घटेको छ । इन्डेक्स २.९४ प्रतिशतले घटिसकेको छ ।