![](https://internal.appharu.com/wp-content/uploads/2018/07/nepali-congress-flag-1.jpg)
काठमाडौं । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा स्पष्ट धारणा व्यक्त गरेको छ ।
मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै एमसीसी ऋण नभइ अनुदान भएको र यसमा विगतमा सबै राजनीतिक दलहरु सहमत भएका आधारमा एमसीसी सम्झौता अनुमोदन हुनुपर्ने पक्षमा आफू रहेको बताएको छ ।
कांग्रेसले भनेको छ, ‘नेपाल आर्थिक विकासको जुन चरणमा छ, पूर्वाधारको व्यापक विकासको आवश्यकता छ । यसका लागि अपार स्रोत (पुँजी) परिचालन आवश्यक भएको भन्दै एमसीसी धरातलीय अथार्थतलाई आत्मसात गर्दै यस्तो अन्तरलाई आवश्यक पर्ने वित्तीय सहयोग र साहयताको मुख्य मध्येको एक माध्यम अन्तर्राष्ट्रिय सहयोग तथा सहायता हो भन्नेमा आफू स्पष्ट भएको बताएको छ ।
यसरी प्राप्त हुने सहयोग र सहायतामा हाम्रो प्रयास र प्राथमिकता ऋणभन्दा अनुदान सहयोगका लागि रहनेमा नेपाली कांग्रेसले एमसीसी स्वीकार गर्नुपर्ने निर्णय गरेको छ ।
बैठकले कांग्रेस अदालतको स्वतन्त्रता, निष्पक्षता र पवित्राताको पक्षमा दृढतापूर्वक उभिने भन्दै पछिल्लो समय न्यायालयको नेतृत्वका सन्दर्भमा न्यायालय र न्याय व्यवस्थाभित्रैबाट प्रधानन्यायाधीश जस्तो व्यक्ति न्यायालयको साख, प्रतिष्ठा प्रभावकारिता र जनआस्थालाई अभिवृद्धि गर्ने संवैधानिक दायित्वबाट बिमूख र बिफल भएको निष्कर्ष निकालेको छ ।
साथै, संवैधानिक आचरण, नैतिकता र कार्यक्षमता समेत नदेखिएको भन्दै निकटस्तहरुलाई नियुक्त गरेको, विचौलियाहरु संलग्न गराइ भ्रष्टाचार र अनियमितता गरेको लगायतका आरोपलाई गम्भीरताका साथ लिएको बताएको छ ।
SHARE YOUR THOUGHTS