
काठमाडौं । बुधबारको प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ ।
प्रि-ओपनिङमा बजार मापन गर्ने सूचक ५.०८ अंकले बढेर २७५९.३६ बिन्दुमा रोकिएको छ । २४ कम्पनीको ४ हजार ९२९ कित्ता सेयर २६ लाख ७८ हजार ५२ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा बैंकिङ समूहको ६.३६, विकास बैंक ३.०३, वित्त कम्पनी १.३९, माइक्रोफाइनान्स समूहको उपसूचक ८.२५ अंकले बढेको छ । यस्तै निर्जीबन बीमा समूहको उपसूचक ७.२७ अंकले घटेको छ ।

SHARE YOUR THOUGHTS