काठमाडौं । अवैध कल सेन्टरबाट सर्वसाधारणलाई ठगिकार्यमा संलग्नलाई प्रहरीले थप ५ दिन म्याद थप गरेर अनुसन्धान तिब्र बनाएको छ ।
उनीहरु उपर बैंक तथा बित्तिय संस्था ऐन, २०७३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।
महानगरिय प्रहरी परिसर काठमााडैंको टोलीले सोमबार बानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको थियो ।
परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार पक्राउ परेका ३७ जनालाई थप ७ दिनको लागि म्याद थप गरेर अनुसन्धान भइरहेको छ । प्रहरीले एक जना चिनियाँ नागरिक र नेपाली ३६ जना सहित ३७ जना पक्राउ गरेको थियो । बानेश्वरस्थित लेवन ग्रुप अफ कम्पनीबाट उनीहरु पक्राउ परेका थिए ।
पक्राउ परेको समूहले भारतीय मुलका युवा युवतीहरुलाई एक साताको लागि ६ हजारदेखि ३० हजार रुपैयाँसम्म दिने दिन समय पुगेपछि लिएको रकममा ३५ प्रतिशत थपेर लिने गर्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रवक्ता मैनालीको भनाइ छ ।
उक्त कार्यमा सलंग व्यक्तिहरुले विभिन्न एपको प्रयोग गरेर थोरै अवधिको लागि सानो सानो रकम ऋण दिने र समयमा नै दखिएको खण्डमा ऋणिहरुलाई कल सेन्टर मार्फत सम्पर्कमा ल्याउने, भनेको समयमा ऋण नतिरे थर्काउने, गाली गलौज गर्ने, धम्काउने जस्ता कार्य गर्दै आएको अनुसन्धानले देखाएको मैनालीको भनाइ छ ।
प्रहरीको प्रारम्भि अनुसन्धानले नयाँ तरिकाले वित्तीय अपराधमा संलग्न हुनेको संञ्जाल नै फैलेको हुनसक्ने देखाएको अर्का एक प्रहरी अधिकारीको भनाइ छ । एप लगायत विभिन्न माध्यमको पहिला निकै प्रचार प्रसार गर्ने, त्यसबाट ऋण लगानी गर्ने र समयमा नै तरिनेको खण्डमा विभिन्न खाले हैरानी दिने गरेको पाइएको छ ।
यस्तो घटना काठमाडौंमा मात्रै नभएर भक्तपुरमा पनि देखिएको छ । अहिलेसम्म काठमाडौंमा ३७ जना र भक्तपुरबाट ८० जना पक्राउ परिसकेका छन् । अहिलेसम्म काठमाडौं र भक्तपुरबाट ११७ जना पक्राउ परिसकेका छन् ।
मंगलबार प्रहरीले भक्तपुरको सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर संचालन गरेको अभियोगमा सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनाव सहित उक्त वित्तीय अपराधमा संलग्न ८० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
उक्त समूहले पनि भारतीय मुलका युवा युवतीहरुलाई छोटो समयको लागि कुनै सिस्टममार्फत ५ देखि १० हजार रुपैयाँसम्म सानो सानो मात्रामा ऋण लगानी गरी निश्चित ब्याज लिने गरेको छ । तोकिएको समयमा नतिरे कल सेन्टर मार्फत सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने गरेको छ ।
प्रहरीले उक्त कार्यमा संलग्न चिनियाँ नागरिक वाङजिनाव सहित ४७ जना महिला र ३३ जना पुरुष गरी ८० जनालाई पक्राउ गरेको हो । उक्त कार्य संचालन गर्न प्रयोग भएका १४ थान डेस्कटप कम्प्युटर, ४८ थान ल्याप्टप र २ थान आइप्याड प्रहरीले बरामद गरेको छ ।
SHARE YOUR THOUGHTS