युरोपले तेलमा प्रतिबन्ध लगाए ग्यास पाइप लाइन बन्द गर्ने रुसको चेतावनी « Eglish Khabarhub

युरोपले तेलमा प्रतिबन्ध लगाए ग्यास पाइप लाइन बन्द गर्ने रुसको चेतावनी



रुसले पश्चिमा देशहरुलाई चेतावनी दिँदै रुसबाट आपूर्ती हुने इन्धनमा प्रतिबन्ध लगाए जर्मनीमा जाने ग्यासको मुख्य पाइप लाइन नै बन्द गर्ने बताएको छ ।

‘रुसबाट आपूर्ती हुने तेलमा प्रतिबन्ध लगाएमा यसले विश्व बजारमा असर गर्नेछ र तेलको मूल्य प्रतिब्यारेल दोब्बर अर्थात् ३०० डलर पुग्नेछ,’ रुसका उपप्रधानमन्त्री एलेक्जेन्डर नोभाकले भने ।

अमेरिकाले आफू र अमेरिकासँग सहकार्य गरिरहेका मुलुकहरुले रुसले युक्रेनमा गरेको सैन्य आक्रमणको विरोधमा थप आर्थिक प्रतिबन्ध लगाउने तयारी गरिरहेका बेलामा रुसबाट यस्तो चेतावनी आएको हो ।

उक्त चेतावनी आएसँगै त्यसपछि जर्मनी र नेदरल्याण्डले प्रतिबन्ध लगाउने निर्णय रोकेका छन् । रुसले जर्मनीमा रुसबाट आपूर्ती भइरहेको ग्याँसको पाइपलाइन बन्द गर्ने चेतावनी दिएको थियो ।

युरोपियन युनियन अन्तर्गतका देशहरुले कुल खपत हुने ग्याँसमध्ये ४० प्रतिशत र ३० प्रतिशत तेल रुसबाट आयात गर्दै आएको छ ।

उपप्रधानमन्त्री नोभाकले सरकारी टेलिभिजनमार्फत् सम्बोधन गर्दै भने, ‘तत्कालै युरोपमा रसियन तेलको विकल्प प्राप्त हुने छैन, यसका लागि वर्षौकोसमय लाग्नेछ । यद्यपि युरोपका लागि यो निकै महंगो पर्नेछ ।’

प्राकृतिक ग्याँस उत्सर्जन गर्ने मुलुकमा रुस विश्वको सबैभन्दा ठूलो देश हो । साथै कच्चा तेल उत्पादन गर्नेमा दोस्रो ठूलो देश हो ।

Publish on: