‘चिप बेस कार्ड’ पूर्णरुपमा कार्यान्वयन आउन अझै एक वर्ष लाग्ने, लागत ५० करोड « Eglish Khabarhub

‘चिप बेस कार्ड’ पूर्णरुपमा कार्यान्वयन आउन अझै एक वर्ष लाग्ने, लागत ५० करोड


१९ मंसिर २०७३, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

cheep-base-card

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका एटिएमहरुमा पूर्णरुपमा इएमबी चिप बेस लागु गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । ग्राहकको सुरक्षाको लागि नेपाल राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षबाट पूर्णरुपमा चिप बेसमा एटिएमलाई परिवर्तन गर्न निर्देशन दिएपनि अहिलेसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन ।

राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बैंक तथा वित्तीय संस्थालाई चिप बेसमा जानको लागि अझै एक वर्ष लाग्ने देखिएको बताए । पण्डितका अनुसार राष्ट्र बैंकले निर्देशन दिएपनि यो वार्षमात्रै एटिएम कार्ड चिपबेसमा जारी गर्ने काम सुरु भएको छ ।

‘पूर्णरुपमा कार्यान्वयनको लागि बैंक तथा वित्तीय संस्थाले एक वर्ष लाग्ने बताउँदै आएका छन्,’ पण्डितले क्लिकमाण्डूसँग भने ।

पछिल्लो समय एटिएमको दुरुपयोगको नियन्त्रण गर्नको लागि चिप बेस कार्ड सहयोगी हुनेमा राष्ट्र का अधिकारी र बैंकरहरु बताउँछन् ।

अहिले बैंक तथा वित्तीय संस्थाले जारी गर्ने एटिएम पुरानो प्रविधिमा आधारित हो । अहिलेको तुलनामा चिपबेस कार्ड निकै सुरक्षित मानिन्छ । केही बैंकले चिप बेसमा आधारित रहेर एटिएम जारी गरेपनि एटिएम मेसिन तथा कार्डको कारोबार हुने अन्य मेसिनहरु भने चिप बेसमा जान सकेका छैनन् ।

यो पनि पढ्नुहोस्- प्लास्टिक मनीले यसरी बदल्दैछ हाम्रो जीबनशैली

नेपाल बैकर्स एशोसियनका अध्यक्ष अनिल शाह पूर्णरुपमा चिप बेसमा जानको लागि अझै एक वर्ष लाग्ने बताउँछन् । ‘चिप बेस गएर एटिएममा हुने चोरी नियन्त्रण पूर्णरुपमा रोकिने भन्ने हुँदैन,’ शाहले भने,  ‘अघिल्लो महिना एटिएम चोरीको घटनामा चिपबेस कार्ड पनि भेटिएको थियो ।’

उनले बैंकमा राखेको पैसा चोरी भएपनि सर्वसाधारणको खाताबाट नकाटिने भन्दै बैकिङ कारोवार पूर्ण रुपमा सुरक्षित हुने बताए । ‘एटिएमबाट भएको चोरीले बैंकको केही नोक्सान भयो होला तर, ग्राहक सबैले बैंकमा भएको पैसा पाए’ उनले भने ।

चिप बेसमा आधारित कार्ड सिस्टम प्रयोगमा आएपछि कार्डको बायाँतर्फको माथिल्लो भागमा चिप कार्ड राखिएको हुन्छ ।

पूर्णरुपमा चिपबेसमा जानको लागि ५० करोड लागत लाग्ने देखिएको छ । बैकर्स संघका अध्यक्ष शाह एटिएम, एटिएम मेसिन तथा कार्ड स्वाप हुने अन्य मेसिनसहित रिप्लेस गर्दा ५० करोड रुपैयाँ लागत लाग्ने बताउँछन् ।

‘अहिले सुरुवातको चरणमा एटिएमलाई चिपबेस बनाउने काम सुरु भएको छ । त्यसपछि एटिएम मेसिन र अन्य स्वाप हुने ठाउँमा पनि त्यही प्रविधिको आधारमा रिप्लेस हुन्छ,’ उनले भने ।

चिप बेसमा आधारित कार्ड सिस्टम प्रयोगमा आएपछि कार्डको बायाँतर्फको माथिल्लो भागमा चिप कार्ड राखिएको हुन्छ । पछिल्लो समय एटिएमको दुरुपयोगको नियन्त्रण गर्नको लागि चिप बेस कार्ड सहयोगी हुनेमा राष्ट्र का अधिकारी र बैंकरहरु बताउँछन् ।

नेपालमा अहिले बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने संख्या १ करोड ६८ लाख नाघेको छ । यस्तै १९ सय ८ वटा एटिएम मेसिन सञ्चालनमा छन् भने सर्वसाधारणले एटिएम कार्ड भनेर बुझ्ने डेबिट कार्डका प्रयोगकर्ताको संख्या ४६ लाख ५७ हजार पुगेको छ ।

त्यसैगरी क्रेडिट कार्ड प्रयोग गर्नेको संख्या ५२ हजार तथा तथा प्रिपेड कार्ड प्रयोगकर्ताको संख्या ८२ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ ।

र, यो पनि पढ्नुहोस्- २५ प्रतिशत क्रेडिट कार्ड बाहकले कर्जा तिर्दैनन्

प्रकाशित मिति : १९ मंसिर २०७३, आइतबार ००:००  ८ : ५७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping