![](https://internal.appharu.com/wp-content/uploads/2022/03/priyanka-karki-768x417.jpg)
काठमाडौं । क्रिप्टोकरेन्सीको विज्ञापनमा आफ्नो तस्विर देखिएपछि अभिनेत्री प्रियंका कार्की प्रहरीको अनुसन्धानमा तानिएकी छिन् ।
राज्यले समय समयमा यस्तो कारोबार गैर कानूनी हो कोही पनि संलग्न नहुनु भनेर भनिरहेको समयमा कार्कीको तस्विर सामाजिक सञ्जालमा देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीइआबी)ले सोधपुछको लागि बोलाएको हो ।
गैर कानूनी कारोबारमा संलग्न नहनु भनेर नेपाल राष्ट्र बैंकले समेत समय समयमा सूचना प्रकाशित गरिरहेको छ । यही बेला कार्कीको तस्विर सामाजिक संजालमा देखिएपछि त्यस विषयमा अनुसन्धानको लागि ब्यूरोले कार्कीसँग सोधपुछ गरेको बताइएको छ ।
ब्यूरोका अनुसार कार्कीले उक्त कार्यमा आफ्नो संलग्नता नरहेको जानकारी गराएकी छिन् ।
SHARE YOUR THOUGHTS