काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ ।
बजार मापन गर्ने सूचक ३.५५ अंकले बढेर परिसूचक २६२०.१३ बिन्दुमा पुगेको छ । १७ कम्पनीको १ हजार ८५६ कित्ता सेयर १३ लाख ४३ हजार २३८ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको १.३१, विकास बैंक १२.०१, फाइनान्स २.६१, जीवन बीमा ७६.५८, माइक्रोफाइनान्स ८.१२, निर्जीबन बीमा समूहको उपसूचक ६.९५ अंकले बढेर जलविद्युत समूहको उपसूचक १.८१ अंकले घटेको छ ।
SHARE YOUR THOUGHTS