![](https://internal.appharu.com/wp-content/uploads/2020/07/stock-1-1.jpg)
काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबार रकम भने बढ्न सकेको छैन ।
यो दिनको कारोबारमा बजार मापन गर्ने सूचक १७.९९ अंकले बढेर परिसूचक २६३४.५७ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८८ अंकले बढेर परिसूचक ४९६.२६ बिन्दुमा रोकिएको छ ।
सोमबार २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता सेयर २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँको सेयर किनबेच भएको छ ।
बजारमा सुधार आउँदा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । यो दिन बैंकिङ ५.९२, विकास बैंक १३३.९६, फाइनान्स ५६.०४, जलविद्युत ८३.६७, जीवन बीमा १७२.३५, माइक्रोफाइनान्स ३३.३७, निर्जीवन बीमा समूहको उपसूचक ४६.२९ अंकले बढेको छ । सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेयता बजारमा बहार आउन सकेको थिए ।
निर्वाचनको समयमा बजार बढ्ने गरेको छ । जानकार लगानीकर्ताका अनुसार अब भने विस्तारै बजारले नयाँ नयाँ गति लिने सम्भावना देखिन थालेको छ । सोमबारको बढोत्तरीलाई पनि निर्वाचनसँग जोडेर हेर्न सकिने लगानीकर्ताहरुको भनाइ छ ।
SHARE YOUR THOUGHTS