सीजी उन्नती कल्चरल भिलेजमा ‘उन्नती मेला’ सम्पन्न « Eglish Khabarhub

सीजी उन्नती कल्चरल भिलेजमा ‘उन्नती मेला’ सम्पन्न



काठमाडौं । नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका हर्कपुरस्थित सीजी उन्नती कल्चरल भिलेजले आफ्नो स्थापनाको पहिलो वर्ष पुरा गरेको अवसरमा ‘उन्नती मेला’को सम्पन्न गरेको छ ।

मेलामा कला, संस्कृति, साहित्य र खानाको समिश्रण रहेको मेलामा पन्चेबाजाको संगित, मगर र थारु नाच र स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो । स्थानीय महिला र विभिन्न समुदायका हस्तकला र सिर्जनाहरु प्रदर्शनमा राखिएको मेलामा कलाकारहरु, संस्कृति एवं कला प्रेमीको जमघट रहेको थियो ।

उन्नती कल्चरल भिलेज चौधरी फाउण्डेनको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संचालित छ । यो कला, संस्कृति, साहित्य र संगितको प्रवधर्ल नमा क्रियाशिल छ । हाम्रा सांस्कृतिक र कला सम्पदाको संरक्षण र प्रवर्धन गर्दै महिलाहरूको नेतृत्वमा लघु उद्यमीहरूमार्फत महिला सीप र क्षमता निर्माण गर्न उन्नती कल्चरल भिलेज क्रियाशिल रहेको छ । उन्नतीले आफ्ना गतिविधि तथा कार्यक्रमहरुलाई आगामी दिनमा सातवटै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव देवेन्द्र लामिछानेले कला, संस्कृती र साहित्यलाई उद्यमशीलता र रोजगारीसंग जोड्नुपर्ने आवश्यकता औल्याए । उनले आफ्नो मन्त्रालय त्यसमा निजि संघ संस्थाहरुसंगपनि सहकार्य गर्न तयार रहेको पनि जानकारी दिए ।

त्यस अवसरमा गैंडाकोट नगरपालिका नगरप्रमुख चन्द्रराज पौडेलले परम्परागत जीविकोपार्जनको महत्वबारे जोड दिदै मौलिक कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि जनस्तरबाटै लाग्नुपर्ने आवश्यकता रहेको धारणा राखे । उनले उन्नती कल्चरल भिलेजले आफ्नो स्थापनाको छोटो समयमा नै स्थानिय मौलिक कला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

चौधरी फाउण्डेसनकी निर्देशक सुरभी चौधरीले भिलेजको उद्देश्य अनुरुप सातै प्रदेशमा नमुना सांस्कृतिक घर निकट भविष्यमा नै निर्माण गरिने बताइन् । सो अवसरमा सिटिईभिटिका प्रमुख प्रमोद आचार्यले साना उद्यमी र व्यवसायी उत्पादन गर्नका लागि आफ्नो संस्थाले चौधरी फाउण्डेसनसंग सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा चौधरी फाउण्डेसनका प्रबन्ध निर्देशक राहुल चौधरीले आगामी दिनमा फाउण्डेसनले यस्ता कार्यक्रम जारी राख्ने बताए ।

मेलाका अवसरमा चौधरी फाउण्डेसन र भिक्कु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभकाबीच स्थानीय कला, संस्कृत र सिपको विकास गर्दै स्थानीयको स्तर उन्नती गर्नेसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

Publish on: