निर्वाचन आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आचारसंहिता तत्काल कार्यान्वयन नगराउन निर्वाचन आयोगलाई अल्पकालिन अन्तरिम आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले चैत १३ गतेसम्म निर्वाचन आचारसंहिता कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले निर्वाचन आयोगले संविधान र कानुन बिपरित आचारसंहिता बनाएको दाबी गर्दै आचारसंहिता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

आयोगले आचारसंहिता मार्फत उमेदवार हुन पाउने नियममा कडाइ गरेपछी शेर्पाले संविधान र ऎनमा नभएको व्यवस्था आचारसंहितामा राख्न नहुने दाबी गर्दै रिट निवेदन दायर गरेका थिए ।

आयोग आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न बेरूज फर्छ्यौट गरेको हुनु पर्ने र हालका पदाधिकारीले उमेदवार बन्न राजीनामामा दिनु पर्ने सर्त राखेपछी स्थानीय तहका पदाधिकारी असन्तुष्ट बनेका थिए ।

कानुनमा नभएको व्यवस्था आचारसंहितामा राख्न नहुने स्थानीय तहका पदाधिकारीको दाबी छ । अब चैत १३ गते सर्वोच्चले दुबैपक्षको छलफल सुनेर आचारसंहिताका बिषयमा निर्णय गर्नेछ ।