![](https://internal.appharu.com/wp-content/uploads/2022/03/EV-768x515.png)
काठमाडौं । वर्ल्ड कार अफ दि इयर २०२२ को अन्तिम २ कारमा तीन वटै विद्युतीय कार परेका छन् ।
फाइनालमा पुगेका तीन कारमा फोर्ड मुस्ताङ मार्च–ई, हुण्डाई लोनिक्वू–५ र किआ एभी६ रहेका छन् ।
आगामी अप्रिल १३ मा न्यूयोर्क इन्टरनेशनल अटो शोमा यिनै तीनमध्येबाट एउटा कारलाई अवार्ड प्रदान गरिनेछ । समारोहमा वर्ल्ड लक्जरी कार, वर्ल्ड फर्मेन्स कार, र वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ दि इयरलगायतका समूहगत विधामा पुरस्कार वितरण गरिनेछ ।
विश्वका ३३ मुलुकका १०२ वटा अटोमोटिभ पत्रकारहरुको निर्णय मण्डलले छनोट गरिने अवार्डमा तीन वटै विद्युतीय सवारी पर्नुलाई आगामी दिनमा विद्युतीय कारको महत्व अझै बढ्ने अपेक्षा गरिएको छ ।
SHARE YOUR THOUGHTS