![](https://internal.appharu.com/wp-content/uploads/2022/03/nea-programme-768x578.jpg)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १० हजार स्थायी कर्मचारीलाई विद्युतीय सवारी साधान किन्न ३ लाखका दरले ऋण दिएको छ ।
प्राधिकरणका सह–निर्देशक कोमल नाथ आत्रेयका अनुसार प्राधिकरणले आफ्ना २१० हजार स्थायी कर्मचारीलाई विद्युतीय सवारी साधान किन्नको लागि ३ लाख रुपैयाँको दरले कर्जा दिएको बताए ।
राजधानीमा आयोजित विद्युतीय मोटरसाइकल तथा स्कुटर सार्वजनिक कार्यक्रममा आत्रेयले यस्तो बताएका हुन् ।
उनका अनुसार आगामी दिनमा प्राधिकरणले सबै सवारी साधान विद्युतीय मात्रै चलाउने लक्ष्य अनुरुप २० वटा गाडि र ५० वटा विद्युतीय मोटरसाईकल किन्न लागेको छ ।
उनले देशभर ५० वटा देशभर चारजिङ स्टेसन निर्माण गर्ने पनि बताए । केही समयमा नै प्रति युनिट ३ रुपैयाँका दरले राति चार्ज गर्न सक्ने व्यवस्था गर्ने र बर्षातको समयमा राति ३ रुपैयाँमा नै चार्ज गर्ने व्यवस्था गर्ने बताए । नेपालमा इन्धनको मूल्य बढ्दै गएको भन्दै विद्युतीय सवारी चलाउन आवश्यक रहेको तर्क गरे ।
‘ईन्धनको मूल्य सम्झेर हिडन पनि मन लाग्दैन’ उनले भने ‘हामी ईन्धनको मूल्य बढेसँगै विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राख्न लागेका छौं । बर्षाको समयमा राति ३ रुपैयाँमा चार्ज गर्ने व्यवस्था मिलउँछौ यसले विद्युतीय सवारी चढनेको संख्या बढ्ने छ ।’
![](https://internal.appharu.com/wp-content/uploads/2022/03/ev-768x578.jpg)
इ गो अटोमोटिमले भारतीय कम्पनी ओडिसी अटोमोटिभका विद्युतीय दुई पाङग्रे सवारी बिक्री सुरु गरेको छ । माडी इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादनका लागि भारतीय ब्राण्ड ओडिसीका उत्पादनहरु नेपाली बजारमा बिक्री सुरु गरिएको हो ।
नेपालका लागि इ गो अटोमोटिमसँगको सहकार्यमा दुई पाङग्रे सवार बिक्री सुरु गरिएको हो । नेपाली बजारमा बिक्री सुरु गरिएको हो । इ गो अटोमोटिभको सोरुम नक्सालमा रहेको छ । सोरुमबाट मोटरसाइकल, स्कूटर र साइकल बिक्री वितरण हुने ब्राण्ड इ सो अटोमोटिभका सञ्चालक लक्ष्मण रायमाझीले बताए ।
यी मोटरसाइकल र स्कुटरमा ४० रुपैयाँ बराबरको विद्युतले ८० किलोमिटर गुड्न सक्ने रायमाझीले बताए । इभीओक्यू वान एस मोटरसाइकलको मूल्य ४ लाख ६४ हजार रुपैयाँ रहेको छ भने रेसर स्ुकटरको मूल्य ३ लाख ३४ हजार रुपैयाँ रहेको बताइएको छ ।
SHARE YOUR THOUGHTS