सहर, औद्योगिक क्षेत्रमा ५० वर्षसम्मको विद्युत माग धान्ने गरी पूर्वाधार बनाउनुः प्रचण्ड « Eglish Khabarhub

सहर, औद्योगिक क्षेत्रमा ५० वर्षसम्मको विद्युत माग धान्ने गरी पूर्वाधार बनाउनुः प्रचण्ड


१६ चैत्र २०७८, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । चितवनको राप्ती नगरपालिका-६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२-३३-११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गरेका छन् । चितवनका राप्ती, खैरहनी र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन करिब ६३ करोड ३० लाख रुपैयाँको लगानीमा पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो ।

मकवानपुरको हेटौडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई पूर्वी चितवन सबस्टेसन भित्र छिराएर बाहिर निकालिएको छ । हेटौडा-भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई पूर्वी चितवन सबस्टेसनमार्फत त्यस क्षेत्रमा आपूर्ति गरिएको छ ।

कार्यक्रममा प्रचण्डले विगतमा आफू प्रधानमन्त्री हुँदा ऊर्जा क्षेत्रमा सशत्त टिम बनाएर मुलुकबाट लोडसेडिङ अन्त्य गरेको उल्लेख गर्दै अहिले विद्युत निर्यात गर्ने अवस्थामा पुगिएको बताए ।

विगतमा दैनिक १५÷१६ घण्टा लोडसेडिङको जटिल र चुनौतपूर्ण अवस्थामा रहेर प्रताडीत थियौं,तर हामीले लोडसेडिङ आश्चर्यजनक रुपमा हटाएर त्यसलाई इतिहास बनाएका छौं’ उनले भने, ‘अहिले मुलुक लोडसेडिङमुक्त मात्र नभएर खपत गरेर जगेडामा रहेको विद्युत निर्यात गर्ने अवस्थामा पुगेका छौं ।’

इच्छाशक्तिसहित इमान्दारिताका साथ काम गरिएमा असम्भव भनिएको काम गर्न सकिंदो रहेछ भन्ने पुष्टि भएको उनको भनाइ छ । लोडसेडिङ अन्त्यसँगै चुलोचौका, उद्योग, यातायातलगायतका हरेक क्षेत्रमा विद्युत प्रयोग गर्ने अवस्था सिर्जना भएको भन्दै यसले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा ठूलो सकारात्मक प्रभाव पारेको प्रचण्डले बताए ।

उनले मलुकका मुख्य सहर तथा औद्योगिक क्षेत्रहरुमा ५० वर्षसम्मको विद्युत मागलाई धान्ने गरी विद्युतीय संरचनाको पूर्वाधार निर्माण गर्न आग्रह गरे । प्रचण्डले पूर्वी चितवन सबस्टेसनबाट चैनपुरसम्म ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा सहयोग गर्न स्थानीयलाई अनुरोध गरे ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले खेतीयोग्य जमिनमा सिंचाइ सुविधा उपलब्ध गराउन विद्युतको महसुल सस्तो बनाइएको जानकारी गराइन । पेट्रोलियम पदार्थको मूल्य बढेर धान्न नसक्ने अवस्था छ’ उनले भनिन्, ‘त्यसैले पेट्रोलियम पदार्थभन्दा करिब ४०-५० प्रतिशत सस्तो विद्युत हरेक क्षेत्रमा प्रयोग गरौं ।’

कार्यक्रममा प्राधिकरणका कार्यकारी कुलमान घिसिङले सबस्टेसन संचालनमा आएपछि यस क्षेत्रको प्राविधिक चुहावट घटेको, ग्राहकले गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् पाएको र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्थाको पनि अन्त्य भएको बताए ।

सबस्टेसनमा १३२-३३ केभी, ३० एमभीए क्षमतार ३३-११ केभी, १६।६ एमभिए क्षमताका एक-एक ओटा पावर ट्रान्सफर्मर रहेका छन् । सबस्टेसनबाट ११ केभी फिडरमार्फत राप्ती र खैरहनी नगरपालिकामा विद्युत आपूर्ति भइरहेको छ । यसबाट करिब ४० हजार ग्राहक लाभान्वित भएका छन् ।

सबस्टेसनबाट चितवनकै पर्सा सबस्टेसनमा जोडी कालिका र रत्ननगर नगरपालिकामा विद्युत आपूर्ति ३३ केभी नयाँ लाइन निर्माण भइरहेको छ । सबस्टेसनदेखि चैनपुरसम्म निर्माण गर्नु पर्ने साढे ८ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा स्थानीय बासिन्दाको अवरोध रहेको प्राधिकरण,प्रसारण निर्देशनालयका उपकार्यकारी दीर्घायुकुमार श्रेष्ठले बताए ।

उनले स्थानीय, जनप्रतिनिधि, प्रशासन लगायतबीच पटक-पटक छलफल गरिएको भएता पनि समस्या समाधान हुन नसकेको उल्लेख गरे । पूर्वी चितवन सबस्टेसन निर्माण २०७५ को जेठबाट सुरु भएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार ००:००  २ : २७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping