भरतपुरमा पुनः मतदान गर्ने निर्णय आइतबारसम्म कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश « Eglish Khabarhub

भरतपुरमा पुनः मतदान गर्ने निर्णय आइतबारसम्म कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले भरतपुरमा भएको स्थानिय चुनावको विवादको विषयमा परेको रिटको प्रारम्भीक सुनुवाई गर्दै भरतपुर वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय आइतबारसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले भरतपुरमा पुनः मतदान गर्ने निर्णय खारेजको माग गर्दै परेको रिटमा आज सुनुवाइ गर्दै आइतबार पछि दुबै पक्षलाई झिकाएर अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गर्ने भएको छ ।

Publish on: