![](https://internal.appharu.com/wp-content/uploads/2022/04/278456241_703993937300669_8385759093366300386_n-768x576.jpg)
काठमाडौं । नयाँ वर्षको अवसरमा पोखरामा फेवा नववर्ष महोत्सव हुने भएको छ । र, यसको तयारी पूरा भएको आयोजक होटल संघ पोखराले जानकारी दिएको छ ।
मंगलबार पोखरामा आयोजित कार्यक्रममा २ दिनसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।
१७औं फेवा नववर्ष महोत्सव चैत ३० र वैशाख १ गतेसम्म चल्नेछ । जसमा लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको तीन किलोमिटरमा सडक महोत्सव सञ्चालन हुनेछ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ ।
महोत्सवको पहिलो दिन चैत ३० गते कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, प्रिती आले, शिवहरि ढुंगाना, सुरेन्द्र गुरुङ, सरला पाण्डे, गंगा पौडेल र सुमिना क्षेत्रीलगायतका कलाकारहरुको प्रस्तुति रहनेछ ।
साथै वैशाख १ गते प्रकाश दुतराज, सम्झना भण्डारी, तारापति सुवेदी, रामजी पौडेल, राजन कार्की, जीवन सिग्देल, टेक क्षेत्री, माया गुरुङ, लक्ष्मीनेपाली र तुलसा क्षेत्रीको प्रस्तुति रहनेछ ।
SHARE YOUR THOUGHTS