महासंघले छान्यो १५ वटा स्टार्टअप, एउटामा जुटिसक्यो लगानी « Eglish Khabarhub

महासंघले छान्यो १५ वटा स्टार्टअप, एउटामा जुटिसक्यो लगानी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले १५ वटा स्टार्टअप छनोट गरेर सम्झौताको लागि अगाडि बढाएको छ ।

महासंघले ५० स्टार्टअपको लागि ५० लगानीकर्ता जुटाउन कार्यक्रम घोषणा गरेसँगै महासंघमा आवेदनहरु परेका थिए । त्यसबाट सर्टलिष्ट गरेर १५ जना छनोट भएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारण सभामा बोल्दै महासंघ अध्यक्ष शेखर गोल्छाले १५ जना युवा उद्यमी छानिएको बताएका थिए ।

‘महासंघभित्र ५० लगानीकर्ता, ५० स्टार्टअप अन्तर्गत करिब १५ जना युवा उद्यमी छानिसकेका छन्,’ शेखर गोल्छाले भने, ‘यस विषयमा छिट्टै सम्झौता हुनेछ ।’

छानिएका १५ उद्यामीले आफ्नो आइडियाको बारेमा छिट्टै पिचिङसमेत गर्ने छन् । एउटा स्टार्टअपमा भने लगानी समेत जुटिसकेको छ ।

छिट्टै पत्रकार सम्मेलन गरेर यस बारेमा पूर्णजानकारी गराउने तयारी महासंघले गरेको छ ।

गत वर्ष चैतमा महासंघले नवीनतम सोच भएका ५० स्टार्टअपलाई ५० व्यवसायीले लगानी गर्ने भन्दै आवेदन आह्वान गरेको थियो ।

Publish on: