काठमाडौं । नेपाल राष्ट्र बैंकले २००१ सिरिजका ३ अक्टुबर २०१६ भन्दाअघि जारी भएका स्वीडिस क्रोनर १०० र ५०० दरका नोट यही जेठ २८ भित्र साटिसक्न सबैमा अनुरोध गरेको छ ।
स्वीडेनको केन्द्रीय बैंक (रिक्स बैंक)ले उक्त दरका बैंक नोट चलनचल्तीबाट हटाउने निर्णय गरेकाले यस्तो नोट साट्न राष्ट्र बैंककले सुचित गरेको हो ।
यस्ता नोट राष्ट्र बैंकको बैकिङ कार्यालय थापाथलीबाट सटही गरिसक्न सम्बन्धित सबैमा केन्द्रिय बैकले सुचित गरेको हो। राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले सूचित मितिपछि त्यस्ता नोट सटही नहुने हुँदा समयमै सटही गर्न अनुरोध गरे ।
SHARE YOUR THOUGHTS