![](https://internal.appharu.com/wp-content/uploads/2018/10/nea-nepal-electricy-authority.jpg)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पूर्वका उद्योगलाई विजुली दिँदा पश्चिममा कटौती गरेको छ ।
बुधबार बिहान मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ कमिटीले विज्ञप्ती जारी गर्दै प्राधिकरणले विजुली उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता गरेको जनाएको थियो ।
बुधबार पूर्वका उद्योगले विजुली पाउँदा पश्चिममा भने लाइटिङ लोड मात्रै दिइएको छ ।
लाइटिङ लोडमा उद्योगमा विजुली आए पनि प्राधिकरणका अधिकारीले भने साना मेसिन मात्रै सञ्चालन गर्न अनुमति दिएका हुन्छन् ।
विद्युत प्राधिकरण बुटवलका एक अधिकारीका अनुसार प्राधिकरणको भार प्रेषण केन्द्रले विजुली नदिँदा उद्योग सञ्चालनका लागि विजुली दिन नसकेको जानकारी दिए ।
लुम्बिनी करिडोरमा रहेको एक उद्योगका अनुसार प्राधिकरणको भैरहवा कार्यालयले हरेक दिन विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म उद्योग चालउन अनुमति दिएपनि विजुली नआएको जानकारी दिए ।
‘प्राधिकरणले आफैंले बिहान बेलुका उद्योग चलाउन भनेको छ ,’ ती उद्योगी भन्छन्, ‘तर, विजुली दिएको छैन । यसरी कसरी उद्योग चलाउने ?’
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता तथा भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराई भरतपुर क्षेत्रमा मर्मत् सम्भार हुनुका साथैं विजुली अभावले पश्चिम क्षेत्रमा उद्योगमा विजुली दिन नसकिएको जानकारी दिए ।
‘आज पूर्वमा विजुली दिएका छौं,’ भट्टराईले भने, ‘भरतपुरमा प्रशारणलाइन मर्मतले पनि केही समस्या गरेको छ । अर्का हामीसँग सबै उद्योगलाई दिन पर्याप्त विजुली छैन ।’
SHARE YOUR THOUGHTS