व्यवसायी प्रदीपकुमार श्रेष्ठ क्यासीको उपाध्यक्षमा निर्वाचित « Eglish Khabarhub

व्यवसायी प्रदीपकुमार श्रेष्ठ क्यासीको उपाध्यक्षमा निर्वाचित



pradip-kumar-shresthaकाठमाडौं। व्यवसायी प्रदीपकुमार श्रेष्ठ एशिया प्रशान्त क्षेत्रको उद्योग वाणिज्य समुहको छाता संगठन कन्फडेरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कर्मश एण्ड इण्डष्ट्रिज (क्यासी) को उपाध्यक्षमा  निर्वाचित भएका छन्। अघिल्लो कार्यकालमा पनि उनी उपाध्यक्ष नै थिए ।

पञ्चकन्या समूहका प्रवन्ध निर्देशक रहेका श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं पञ्चकन्या समूहका हुन्। एशिया प्रशान्त क्षेत्रमा आर्थिक समृद्धि, व्यापारिक साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले सन १९६६मा यो संस्था स्थापना भएको हो।

क्यासीमा रसिया, कोरिया, जापान, ताइवान, भारत, पाकिस्तान, थाइल्यान्ड, इरान, बङलादेश, हङकङ, अस्ट्रेलिया, मलेशिया, सिंगापुर लगायत २६ राष्ट्रका कुल २८ उद्योग संगठनहरु सदस्य छन्।

Publish on: