![](https://internal.appharu.com/wp-content/uploads/2022/05/rice-1-768x431.jpg)
काठमाडौं । भारत सरकारले गहुँ र चिनीपछि चामल निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । आन्तरिक बजारमा आपूर्ति समस्यासँग मूल्य बढेपछि उक्त समस्याको समाधानको लागि चामलमा प्रतिबन्ध लगाउने तयारी गरेको इकोनोमिक्स टाएमले जनाएको छ ।
भारत सरकारको प्रधानमन्त्री कार्यालयले एक कमिटी बनाएर उत्पादित खाद्यान्नमा अध्ययन गरेर प्रतिबन्ध लगाउने तयारी गरेको उल्लेख छ । सरकारले बासमति चामललगायत अन्य वस्तुमा मूल्य बढेको खण्डमा प्रतिबन्ध गर्ने जनाएको हो ।
अहिले भारतमा मूल्यवृद्धि हालसम्मकै उच्च अवस्थामा पुगेको छ । मूल्य अनुगमन गर्ने कमिटिले विभिन्न वस्तुको बारेमा अध्ययन गरेर मूल्यवृद्धि गरेको खण्डमा कारबाही गर्ने उल्लेख छ ।
भारत चीनपश्चात विश्वकै सबैभन्दा बढी चामल उत्पादन गर्ने देशमा पर्छ । भारतले सन् २०२१–२०२२ मा विश्वका १५० भन्दा बढी देशमा निर्यात गरेको थियो ।
त्यसैगरी, भारतले ५ वटा खाद्यान्न निर्यातमा प्रतिबन्ध गर्ने तयारी गरेको जनाएको छ । भारत सरकारले आर्थिक वर्ष २०२२ मा ६ अर्ब ११ करोड ५० लाख अमेरिकी डलरबराबरको गैरबासमति निर्यात गरेको थियो ।
नेपाल चामलमा अहिले पूर्ण भारतमा परनिर्भर रहेको छ । भारत सरकारले चामलमा प्रतिबन्ध गर्ने निर्णयले नेपाली बजारमा प्रत्यक्ष असर देखिने भएको छ । नेपालले चालु आर्थिको १० महिनाको अवधिमा ४२ अर्ब १९ करोड १४ लाख रुपैयाँ बराबरको १ अर्ब २ करोड ४४ लाख केजी धान, चामम, ब्रोकन चामल र ब्राउन चामल आयात गरेको छ ।
SHARE YOUR THOUGHTS