टाटा मोटर्सद्वारा सिप्रदी ट्रेडिङ्गलाई विश्वकै सर्वोकृष्ट डिष्ट्रिव्युटर अवार्ड प्रदान « Eglish Khabarhub

टाटा मोटर्सद्वारा सिप्रदी ट्रेडिङ्गलाई विश्वकै सर्वोकृष्ट डिष्ट्रिव्युटर अवार्ड प्रदान



काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा.लि. टाटा मोटर्सको विश्वकै सर्वोकृष्ट डिष्ट्रिव्युटर अवार्ड २०१६ बाट सम्मानित भएको छ । नेपालको लागी टाटा मोटर्सको एक मात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. हालै भारतको मुम्बईमा सम्पन्न भएको टाटा मोटर्स ग्लोबल एचिभमेन्ट अवार्ड २०१६ कार्यक्रममा सर्वोकृष्ट डिष्ट्रिव्युटर घोषित भएको हो ।

युरोप, अफ्रिका र एसियाका गरि विश्वका ४५ देश बाट प्रतिनिधित्व गर्ने टाटा मोटर्सको बितरकहरु मध्ये बाट उत्कृष्ट सम्मान पाएको सिप्रदी ट्रेडिङ्गले थप अन्य आठ वटा विधाहरुमा पनि उत्कृष्ट अवार्ड हात पार्न सफल भएको छ ।

बस र एम एण्ड एच सि भि ट्रक विधा बाट ’सर्वाधिक विक्री २०१६’ को साथै ’सर्वाधिक मार्केट शेयर २०१६’, त्यस्तै अल्ट्रा बसको लागी ’सर्वाधिक विक्री २०१६’ को उत्कृष्ट अवार्डहरु हात पार्नुको साथै ’उत्कृष्ट कस्टुमर इन्गेजमेन्ट २०१६’, ’सर्वाधिक मार्केट शेयर २०१६’ र ’उत्कृष्ट ग्लोबल सर्भिस क्याम्प २०१६’ अवार्डहरु बाट पनि सम्मानित भएको छ ।

सम्मान कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले आगामी दिनहरुमा पनि राम्रो काम र उत्कृष्ठ सेवाहरु प्रदान गर्दैयस्तो अवार्डहरु बाट निरन्तर सम्मानित हुने र देशकै नाम उच्च राख्ने प्रतिवद्धता व्यक्त गरे ।

सन् १९८२ मा स्थापित कम्पनीले टाटा मोटर्सका विभीन्न गाडीहरु नेपालमा विक्री वितरण गर्दै आईरहेको छ । यसका नेपालभरी २४ वटा विक्री पश्चात सेवा दिने केन्द्रहरु रहेको छ ।

Publish on: