
काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा कम्पनीमार्फत सञ्चालन गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कार्यक्रमलाई कम्पनीहरूमार्फत सञ्चालन गर्नका लागि सरकारले आवश्यक तयारी थालेको बताएका हुन् ।
हाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य बीमा बोर्डमार्फत सञ्चालन गर्दै आइरहेको छ । सरकारले सामुदायिक तथा सहकारी अस्पताललाई स्वास्थ्य बीमामा आवद्ध गराई स्वास्थ्य बीमा इकाई सञ्चालन गरिने शर्माले बताए ।
स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि लाभग्राहीहरूलाई समुदायिक तथा सरकारी अस्पतालबाट मात्रै सेवा प्रदान गरिने शर्माले बताए ।
SHARE YOUR THOUGHTS