अर्थमन्त्रीलाई प्रदीप ज्ञवालीको प्रश्न- आयोजना गिजोल्दा तपाईंहरुलाई किन आनन्द आउँछ ? « Eglish Khabarhub

अर्थमन्त्रीलाई प्रदीप ज्ञवालीको प्रश्न- आयोजना गिजोल्दा तपाईंहरुलाई किन आनन्द आउँछ ?




काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद प्रदीप ज्ञवालीले वर्तमान सरकारका अर्थमन्त्रीले आयोजना निर्माणा अस्थिर नीति अंगालेको आरोप लगाएका छन् ।

बिहीबार बजेटमाथि संसदमा बोल्दै ज्ञवालीले सरकाकोे भनाइ र गराइमा फरक परेको भन्दै ठूलो आयोजना निर्माण अस्थिरत हुनेगरी गिजोलिएको बताए ।

‘अर्थमन्त्रीले बजेटमा विदेशी लगानी बढाउने कुरा गर्नुभएको छ,’ ज्ञवालीले भने, ‘सरकारको क्रियाकलापले भने विदेशी लगानी बढ्दैन ।’

एमसीसीलाई तीन वर्षसम्म गिजोल्नेसम्म गिजोलेर अन्तमा पारित गरेको भन्दै माओवादी केन्द्रले अस्थिर नीति लिएको बताए ।
‘पछि सत्ता जान्छ भन्ने ठान्नु भयो र पारित गर्नु भयो,’ ज्ञवालीले भने, ‘अन्तमा एमसीसी पास गर्नु भयो धन्यवाद दिनुपर्छ ।’

अहिले फेरि बुढिगण्डकी आयोजनामा त्यसैगरी गिजोलिएको ज्ञवालीले बताए । पहिले चीनले बनाउँछ भन्ने र अहिले चीनले बनाउन नदिने भनिएको छ ।

‘यो गिजोल्ने कुरामा किन आनन्द आउँछ ?,’ ज्ञवालीले भने, ‘सरकार परिवर्तन होस् र नीतिहरु स्थिर रहून भन्ने हाम्रो चाहना हो ।’
फेरि, पश्चिमसेती आयोजना पनि त्यस्तै भएको उनले बताए । ‘प्रधानमन्त्रीले भन्नु भयो चीनले लगानी गर्यो भने भारतले विजुली किन्दैन,’ उनले भने, ‘एक देशलाई आयोजना दिनुपर्छ भन्दै गर्दा अर्को देशलाई किन घिसार्दै ल्याउनुहुन्छ ?’

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले अहिलेको विश्व अर्थतन्त्रको समस्यालाई समाधान नगर्ने बताए । मुलभूत समस्यालाई समाधान नगर्ने र असान्दर्भिक बजेट आएको बताए ।

अर्थमन्त्रीले आफ्नैले गरेको प्रतिवद्धता पनि पूरा गर्न नसकेको बताए । केही समयअघि मासिक पुँजीगत खर्च १० प्रतिशत गर्ने प्रतिवद्धता गर्ने तर अहिले त्यो ३ प्रतिशतमात्र भएको बताए ।

बजेट निकै ठूलो आकारको आएको र अति महत्वकांक्षी आएको भन्दै कार्यान्वयन नहुने बताए । एकातिर आयात घटाउँछु भन्ने र अर्कोतिर राजश्व बढाउँछु भन्ने विरोधाभास कुरा आएको बताए ।

शिक्षा क्षेत्रमा कुनै पनि प्रभावकारी बजेट नआएको बताए । ‘अहिले ४४ अर्ब रुपैयाँ शिक्षामा बाहिरिएको छ,’ ज्ञवालीले भने, ‘यो रोक्ने कार्यक्रम खै ?’ त्यसको आधामात्र नेपालमा लगानी गर्न सक्ने हो भने पनि नेपालमा शिक्षाको धेरै विकास हुने उनको तर्क छ । शैक्षिकसत्र शुरु भइसक्दा पनि मुलुकभरका लाखौं विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको बताए ।

Publish on: