![](https://internal.appharu.com/wp-content/uploads/2022/02/SHEKHAR-GOLCHHA-5-768x434.jpg)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निर्यातमा सहुलियत दिने कार्याविधि समयमै बन्छ भन्ने विश्वास कसैलाई नभएको बताएका छन् ।
‘सरकारले बजेटबाट निर्यात गर्ने उद्योगलाई अनुदान दिने व्यवस्था गरेको छ, कर सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष गोल्छाले भने, ‘नगद अनुदान दिने कार्यविधि समयमा बन्छ भन्ने कसैलाई विश्वास छैन ।’
तर, उक्त कार्यविधि समयमै बने उद्योगीहरुले सहुलियत पाउने उनको भनाइ छ ।
सरकारले बजेटमार्फत सिमेन्ट, स्लीट, फुटवेयर लगायतका वस्तु निर्यात गर्दा ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेको छ।
गोल्छाले निजी क्षेत्रसँगको सहकार्य नगरी कुनै पनि देश विकास नभएको भन्दै सरकारले नीजी क्षेत्रलाई उपेक्षा गर्न नसक्ने बताए ।
‘कच्चापदार्थमा कर बढाउँदा घ्यू तेल उद्योग समस्यामा परेका छ। वायर रड बनाउने उद्योग समस्यामा परेका छन् । सेनिटरी प्याड उद्योग बन्द हुने अवस्थामा पुगेका छन्,’ गोल्छाले भने, ‘कच्चापदार्थमा कर लगाउने नीति परिवर्तन हुनुपर्छ। बजेटमा धेरै कुरा राम्रा हुँदाहुँदै केही उद्योगलाई परेको समस्या समाधान हुनुपर्छ ।’
SHARE YOUR THOUGHTS