![](https://internal.appharu.com/wp-content/uploads/2022/06/sram-768x418.png)
काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल शुरु भएसँगै भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा खुलेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले आज औपचारिक रुपमा उद्घाटन गरेसँगै भैरहवाबाट श्रम स्वीकृति लिन सक्ने बाटो खुल्ला भएको हो ।
सरकारले करिब दुई महिना अघिदेखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको थिए । उक्त विमानस्थल सञ्चालन ल्याएसँगै विभिन्न संस्थाका व्यवसायीहरू श्रम स्वीकृति को व्यवस्था माग गरेका थिए । सोहीअनुसार सरकारले श्रम स्वीकृति को व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।
भैरहवाबाट श्रम स्वीकृतिको व्यवस्था गरेसँगै श्रमका लागि विदेश जानेहरुका लागि सहज हुनेछ । हालसम्म वैदेशिक रोजगारीमा जाने श्रमिकहरू श्रम स्वीकृतिका लागि काठमाडौं आउनु पर्ने बाध्यता थियो ।
SHARE YOUR THOUGHTS