काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० थाइल्यान्ड तथा नेपाली विद्यार्थीका लागि प्राविधिक अनुभव आदानप्रदान अन्तर्राष्ट्रिय एसोसिएसन थाइल्यान्डले संयुक्तरुपमा नागरिक छात्रवृत्ति कोष शुरु गरेका छन् ।
बुधवार आयोजित नागरिक छात्रवृत्ति कोष शुभारम्भ कार्यक्रममा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्रत्येक विद्यार्थीको गुणस्तरीय शिक्षा पाउने अधिकार सुरक्षित रहेको बताए । उनले कोष स्थापनाबाट नेपाली विद्यार्थीको अध्ययनको स्तर तथा प्राविधिक अनुभव वृद्घि गर्न सहयोग मिल्ने भन्दै एक आपसमा अनुभव बाँड्न सहयोगी हुने विश्वास व्यक्त गरे।
कोषमा थाइल्यान्डमा रहेका गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० थाइल्यान्ड तथा नेपाली विद्यार्थीका लागि प्राविधिक अनुभव आदानप्रदान अन्तर्राष्ट्रिय एसोसियसन थाइल्यान्डका विद्यार्थीले सङ्कलन गरेका ३५ लाख रुपैयाँ राखिएको छ।
कोषको रकमबाट ८० जना नेपाली विद्यार्थीलाई अध्ययनका लागि छात्रवृत्ति दिइने तथा पहिलो पाँच वर्षसम्म भूकम्पपीडित विद्यार्थीलाई छात्रवृत्तिमा प्राथमिकता दिइने कोषका सल्लाहकार हेमन्त दाहालले जानकारी दिए ।
SHARE YOUR THOUGHTS