सेयर बजार घट्दा ब्रोकरको ७ अर्ब फस्यो, लगानीकर्ता सम्पर्कमै छैनन् « Eglish Khabarhub

सेयर बजार घट्दा ब्रोकरको ७ अर्ब फस्यो, लगानीकर्ता सम्पर्कमै छैनन्


१६ असार २०७९, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सेयर बजारमा आएको गिरावटका कारण ब्रोकर कम्पनहरुले ७ अर्ब रुपैयाँभन्दा बढी उधारो फसेको छ । उधारो धेरै हुन थालेसँगै लगानीकर्ताहरु समेत सम्पर्कबिहीन हुन थालेका छन् ।

ब्रोकर कम्पनीको उधारो नउठ्दा त्यसको असर दैनिक हुने कारोबारमा देखिएको धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुको भनाइ छ । बजार घटेको समयमा लगानीकर्ताले पहिले किनेको उधारो सेयरको पैसा तिर्न नसक्दा नयाँ कारोबारमा असर परेको उनीहरुले बताए ।

लगानीकर्ता सम्पर्कमा नआएपछि भएको सेयर बिक्री गर्दा पनि सो बराबरको रकम उठ्ने अवस्था नरहेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीको भनाइ छ ।

‘लगानीकर्ताले ब्रोकर कम्पनीको पैसा तिर्न सकेका छैनन्,’ उनले भने, ‘उनीहरुका सेयर ब्रोकर कम्पनीसँग छ तर आजका दिनमा उक्त सेयर बिक्री गर्दा समेत लगानी उठ्ने सम्भावना छैन ।’

उधारो नउठनु भन्दा पनि त्यसको असर दैनिक कारोबारको पैसा समेत नउठेको उनको भनाइ छ ।

‘आज सेयर किन्यो केही दिनमा त्यो सेयर बिक्री गरेर पैसा तिर्छु भनेर लगानीकर्ताले सेयर किन्छन्,’ उनले भने, ‘तर आज खरिद गरेको सेयरको मूल्य ३/४ दिनमै २० प्रतिशतले घट्ने अवस्थाका कारण उधारो उठ्न नसकेको हो ।’

ब्रोकरले लगानीकर्ताको सेयर बिक्री गर्न पनि नेप्सेको अनुमति लिनुपर्ने, सीडीएससीले पनि पुलमार्फत् ब्रोकरको खाता सेयर हाल्नुपर्ने हुँदा समय लाग्ने भएकाले लगानी पनि नउठने उनको भनाइ छ ।

अहिले सम्पर्कमा नआएका लगानीकर्तालाई फोन, म्यासेज, इमेल गरेर सम्पर्कमा ल्याउने प्रयास गरिरहेको मैनालीको भनाइ छ ।
बजार यस्तै अस्थिर बन्दै जाने हो भने आगामी दिनमा क्यास बेसमा मात्रै सेयर कारोबार गर्नुको विकल्प नभएको मैनालीको बुझाइ छ ।

एसोसिएसनका निवर्तमान अध्यक्ष भरत रानाभाट अहिले बजार घटेको समयमा ब्रोकरको पैसा फस्नुका साथै राज्य, धितोपत्र बोर्ड, नेप्से, लगानीकर्ता सबै निकायलाई नोक्सान भएको दाबी गर्छन । अहिले बजार ४० प्रतिशत घटेकाले त्यसको असर सबै क्षेत्रमा परेको रानाभाटको बुझाइ छ ।

ब्रोकर कम्पनीको उधारो बढ्दा ब्रोकरलाई मात्रै नभएर कुनै न कुनै रुपमा सबै निकायमा असर पर्ने उनको भनाइ छ ।

‘एक सातामै बजार बजार २ हजार विन्दुबाट १८ सयमा पुग्छ,’ उनले भने, ‘२ हजारमा सेयर किन्नेले बिक्री गर्ने बेलासम्म २० प्रतिशतले घटिसक्छ कसरी पैसा तिर्नु ।’

अहिले बजार घटिरहेको समयमा उधारो कारोबार बढ्ने, लगानीकर्ता सम्पर्कमा नआउने गरेको भएपनि बजार बढेपछि यो सबै समस्या समाधान हुनेमा उनी आशावादी छन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार ००:००  ५ : ०१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping