प्राधिकरणले सुरु गर्र्यो इन्टरनेट गुणस्तरको कार्यक्रम « Eglish Khabarhub

प्राधिकरणले सुरु गर्र्यो इन्टरनेट गुणस्तरको कार्यक्रम


१६ असार २०७९, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

नेपाल दूरसञ्चार प्राधिकरणले सरोकारवाला हरुसँग मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर सम्बन्धी छलफल कार्यक्रममा शुरू गरेको छ ।

यसै क्रममा वुधवार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित कार्यक्रममा कर्णालीको राजधानी सुर्खेतमा नै फोन र इन्टरनेट सेवा प्रभावकारी नभएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए ।

सुर्खेतमा नै इन्टरनेट सेवा र फोन सेवा भरपर्दो छैन,’ उनले प्रश्न गरे, ‘कर्णाली विकट क्षेत्रमा अवस्था कस्तो होला रु’

कर्णालीका हिमाली र दुर्गम क्षेत्रमा अहिले पनि फोन सुविधा नपुगेको शाहीले बताए । ‘कर्णालीका हिमाली तथा दुर्गम क्षेत्रमा फोन सेवा छैन । इन्टरनेट सेवाको कुरा छाडौँ,’ उनले भने, ‘यसमा सरोकारवाला निकाय सबैको ध्यान जान आवश्यक छ ।’

डिजिटल कर्णाली’को नारा खाद्यान्न उत्पादन नहुने क्षेत्रमा ‘अर्गानिक खेती’ घोषणा गरिएजस्तै भएको उनको भनाइ छ । ‘हामीले कर्णाली प्रदेशमा अर्गानिक कर्णाली प्रदेश भन्छौँ । तर, हामीकहाँ खाद्यान्नमा आत्मनिर्भर भएका छैनौँ ।’ उनले भने, ‘डिजिटल प्रदेश घोषणा गरेका छौँ तर हाम्रो प्रदेशमा कतिपय ठाउँमा फोन सेवा र इन्टरनेट सेवा नै छैन ।’

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले दूरसञ्चार क्षेत्रका सेवा प्रदायक संस्थाहरूले दुर्गम तथा पहाडी क्षेत्रमा सञ्चार सेवा प्रभावकारी ढंगले दिनुपर्ने बताए ।

कर्णाली प्रदेशमा सञ्चार क्षेत्रको प्रभावकारी विकास गर्न प्रदेश सरकारसँग समन्वय गरेरअघि बढ्न पनि उनले सेवा प्रदायक संस्थाहरूसँग आग्रह गरे ।

त्यस्तै कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका उप– निर्देशक दिनेश मैनलीले ग्रामीण दूरसञ्चार कोषको प्रयोग गरेर कर्णाली प्रदेशका केही जिल्लाहरुमा अप्टिकल फाइबर बिछ्याएर इन्टरनेट सेवा र फोन सेवालाई प्रभावकारी बनाउने काम थालनी भएको बताए ।

नेपाल टेलिकमको कर्णाली प्रदेश प्रार्देशिक कार्यदलका निमित्त प्रमुख शिवराज खनालले गुणस्तरिय सेवा दिन खोजिएको तर सुर्खेतमा विद्युतमा हुने समस्याका कारण कहिलेकाहीँ भनेजस्तो नभएको हुनसक्ने बताए ।

त्यस्तै इन्टरनेट सेवा प्रदायक संघ नेपालको तर्फबाट बोल्दै खगेन्द्र शाहीले इन्टरनेट सेवामा यदाकदा देखिने समस्याको निराकरण गर्न आफूहरु लगिरहेको उल्लेख गरे ।

उपभोक्ता हकहित संंरक्षण मञ्चका कर्णाली प्रदेश अध्यक्ष बिन्दुलाल रेग्मीले शुल्क लिने, तर सेवा नदिने गर्दा उपभोक्ता मारमा परिरहेको बताए । ‘जुन आधारमा सेवा शुल्क लिइएको छ, त्यही आधारमा फोन सेवा र इन्टरनेट प्रदायकले सुविधा दिएका छैनन्,’ उनले भने ।

हिमालयन ग्रिन कर्पोरेसन प्रालिका प्रमुख शम्भु पहाडीले इन्टरनेट र फोन सेवालाई प्रभावकारी बनाउन नियमित रूपमा दूरसञ्चार प्राधिकरणले उपभोक्ता र सेवा प्रादायकबीच अन्तर्क्रिरया गर्नुपर्ने धारणा राखे ।

‘सेवाप्रदायक र उपभोक्ताबीच निरन्तर अन्तर्क्रिरया र छलफलको आवश्यकता छ,’ पहाडीले भने, इन्टरनेट र फोन सेवा प्रभावकारी बनाउन दुवै पक्षबीच उत्तिकै सम्बन्ध आवश्यक हुन्छ ।’

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार ००:००  १० : २९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping