![](https://internal.appharu.com/wp-content/uploads/2022/07/3-768x577.jpg)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेकाले वेइजिङस्थित नेपाली दूतावासले यसमा सहयोग गर्न आग्रह गरेका छन् ।
कार्यवाहक अध्यक्ष ढकाल र जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ बीच आज महासंघ सचिवालयमा भएको औपचारिक भेटवार्तामा सो आग्रह गरेका हुन् ।
महासंघले सम्मेलनलाई प्रमुख प्राथमिकतामा राखी आयोजना गर्न चाहेकाले त्यहां रहेर आवश्यक सहयोग गरिदिने कार्यमा राजदूतबाट नेतृत्वदायी भूमिकाको हामीले अपेक्षा गरेका छौं, कार्यवाहक अध्यक्ष ढकालले भने ।
नेपालमा चिनियाँ लगानी प्रवद्र्घन गर्न आवश्यक रहेकोमा पनि उहांको विशेष जोड थियो । कोभिड पछि आएको विश्वव्यापी मन्दीको परिवेशमा नेपालको बैंकिङ प्रणालीमा टेवा पुर्याउन पनि चिनिया लगानी ल्याउने कार्यमा हाम्रो कुटनीति सक्रिय रुपमा लाग्नु पर्ने सुझाव थियो ।
महासंघ सहसभापति रहेको दुवै देशका सरकारको सहयोगमा सन १९९६ मा स्थापित नेपाल चीन गैरसरकारी सहयोग मंच मार्फतबाट समेत दुई देश बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी, प्रविधि, शीप आकर्षणमा सहकार्य गर्न महासंघ तयार रहेको र त्यसमा हाम्रो कुटनीतिक तवरबाट पनि सहयोग हुनुपर्नेमा जोड दिए ।
SHARE YOUR THOUGHTS