कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी तत्काल गरियोस्ः सांसद दाहाल « Eglish Khabarhub

कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी तत्काल गरियोस्ः सांसद दाहाल



काठमाडौं । सांसद कृष्णप्रसाद दाहालले कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी तत्काल गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभामा बोल्दै कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी गर्न सरकारलाई आग्रह गरेका हुन् ।

‘विदेशी विनिमय मुद्राको सञ्चिति घटिरहेको सन्दर्भमा हतियार किन्न सरकार लालायित छ,’ दाहालले भने, ‘तर, कोभिड बीमाको रकम अहिलेसम्म सरकारले भुक्तानी दिएको छैन ।’

यस्तै, उनले सरकारले स्वास्थ्य बीमाका भुक्तानी नदिँदा अस्पतालहरूले समस्या भोग्नु परेको समेत बताए । यस्तो अवस्थामा सरकारले स्वास्थ्य बीमाको रकम समेत तत्काल भुक्तानी गर्नुपर्ने उनको भनाइ छ ।

‘स्वास्थ्य बीमाको भुक्तानी पनि सरकारले नदिएर अस्पतालहरू परिसानमा परिरहेका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा सरकारको ध्यानाकर्षण गर्न चाहान्छु ।’

कोरोना बीमा र स्वास्थ्य बीमाको रकम तत्काल भुक्तानी गर्नुपर्ने माग उनको छ ।

‘विगत २÷३ वर्ष अगाडीदेखि नै भुक्तानी गर्न बाँकी रहेको कोभिड बीमाको रकम र स्वास्थ्य बीमाको रकम तत्काल भुक्तानी गरियोस् ।’

Publish on: