![](https://internal.appharu.com/wp-content/uploads/2022/06/Stock-Market-768x430.png)
काठमाडौं । प्रि–ओपनिङमा सेयर बजारमा सामान्य सुुधार देखिएको छ । बजार मापन गर्ने सूचक २.३६ अंकले बढेर परिसूचक २०५२.९५ बिन्दुमा रोकिएको छ ।
९ कम्पनीको १ हजार ५१५ कित्ता सेयर ११ लाख ३२ हजार ९५३ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ३.२२, माइक्रोफाइनान्स १.९२, अन्य समूहको उपसूचक १०.४९ अंकले बढेको छ भने विकास बैंक ०.६८, जलविद्युत समूहको उपसूचक ७.३९ अंकले घटेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/07/image-32.png)
SHARE YOUR THOUGHTS