![](https://internal.appharu.com/wp-content/uploads/2022/01/NIC-ASIA-BANK-BANNER-768x404.png)
काठमाडौं । एनआइसी एशिया बैंकले विभिन्न पदमा आवेदन खुला गरेको छ । बैंकले बुधबार सूचना जारी गर्दै १६ पदमा दजनौं कर्मचारी माग गरेको हो ।
एनआइसी एशिया बैंकले कर्मचारी माग गरेको पदहरुमा कस्टुमर इंगेजमेन्टमा एक जना, ओम्नी च्यानलको लागि एक जना, वेव च्यानल र इमेल मार्केटिङको लागि एक जना, सोसल मिडिया मार्केङमा एक जना, टेलिमार्केटिङ म्यानेजरमा एक जना, कस्टुमर हेल्पडस्कमा एक जना माग गरेको छ ।
त्यसैगरी, ब्लगर केही, भ्लगर केही, एंकर पिएसओ सेल्स केही, ब्याकइन्ड डेभलपर केही, फ्रन्टइन्ड डेभलपर केही, सिस्टम एड्मिनिस्टेटर केही, क्वालिटी एस्सुरेनस केही, डाटावेस एड्मिनिस्टेटरमा केही, माइक्रोसफ्ट डाइनामि ३६५ एएभी डेभलपरमा केही र न्युजेन आइबीपीएस डेभलपरमा केही कर्मचारी माग गरेको छ ।
यी पदमा आवेदन दिन चाहने इच्छुकहरुले अगष्ट १७ तारिकसम्म आवेदन लिनुपर्ने बैंकले जनाएको छ ।
SHARE YOUR THOUGHTS