
काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ । यो दिन बजार राताम्मे भएको छ ।
शुक्रबार २ घन्टा भएको कारोबारमा बजार मापन गर्ने सूचक ३४.८५ अंकले घटेर परिसूचक ३४.८५ अंकले घटेर परिसूचक २११३.३० बिन्दुमा रोकिएको छ ।
२१३ कम्पनीको ६४ लाख १४ हजार ६२९ कित्ता सेयर २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४७ रुपैयाँको सेयर किनबेच भएको छ । बजारम गिरावट आउँदा अधिकांश समूहको उपसूकमा गिरावट आएको छ ।
बैंकिङ समूहको उपसूचक २२.६७, विकास बैंक ८६.७१, वित्त कम्पनी ६५.२९, हाईड्रोपावर ३९.६०, जीवन बीमा ११९.९९, उत्पादन तथा प्रशोधन ६७.८४, माइक्रोफाइनान्स ११६.१७, निर्जीबन बीमा समूहको उपसूचक ९५.३२ बिन्दुमा रोकिएको छ ।
बजार राताम्मे बन्दा जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, बलेफी हाईड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने मैलुङ खोला जलविद्युत कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, यूनाइटेड इदी मार्दी आरबी आईड्रोपावर, सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अगाडि रहेको छ । कम्पनीको १५ करोड ६६ लाख २९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र हिमालयन डिस्ट्रिलरी रहेका छन् ।

SHARE YOUR THOUGHTS