
काठमाडौं । नेपाल राष्ट्र बैंकले यस रेमिट प्रालिको इजाजतपत्र रद्द गर्ने भएको छ ।
विप्रेषणसम्बन्धी कारोबार गर्न प्राप्त गरेको इजाजतपत्र रद्द गरिपाँउ भनी पेश गरेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले कारोबार रद्द गरिपाँउ भनी निवेदनउपर आवश्यक कारबाही भई विदेशी मुद्रा कारोबार बन्द गर्ने सिलसिलामा सो कम्पनीले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघ संस्थासँग लेनदेन रकम बाँकी रहेको भए ३५ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा निवेदन दिन भनेको छ ।
तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त नभएमा विप्रेषणसम्बन्धी कारोबार गर्ने इजाजतपत्र रद्द भई बैंक ग्यारेण्टी समेत फुकुवा हुने राष्ट्र बैंकले जानकारी गराएको छ ।

SHARE YOUR THOUGHTS