![](https://internal.appharu.com/wp-content/uploads/2021/12/norvic-pix-768x461.jpg)
काठमाडौं । नर्भिक अस्पतालको भवन भत्काउन पुगेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह संरचनाका बारेमा अध्ययन गर्न समिति बनाउने निष्कर्श सहित फिर्ता भएका छन् ।
काठमाडौं महानगरपालिका र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने भएसँगै शाह फर्केका हुन् । मेयर शाहले सोमबार नर्भिक हस्पिटल परिसरमा अवलोकनपछि २४ घण्टाभित्र सरकारी जग्गामा नियम विपरीत बनाइएका संरचना हटाउन निर्देशन दिएका थिए ।
अब महानगर र अस्पतालका प्राविधिकले दिएको सुझावका आधारमा मात्रै संरचना हटाइने भएको छ । उक्त जग्गामा अक्सिजन प्लान्ट र एमआरआई रहेको छ । जसले गर्दा यी संरचना प्राविधिकले दिएको समयभित्र मात्रै हटाउन अस्पताल तयार भएको छ ।
नर्भिक हस्पिटलले भाडामा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ नक्सा पास नगरी टहरा बनाएकोले भत्काउनुपर्ने महानगरको भनाइ छ ।
SHARE YOUR THOUGHTS