![](https://internal.appharu.com/wp-content/uploads/2022/06/Stock-Market-768x430.png)
काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १.५८ अंकले बढेर परिसूचक २०६४.३८ अंकमा पुगेको छ ।
१७ कम्पनीको ७१६ कित्ता सेयर ७ लाख ९९ हजार ९७८ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ०.७४, विकास बैंक ९.६२, वित्त कम्पनी ३.३४, जलविद्युत १.५०, उत्पादन तथा प्रशोधन समूहको उपसूचक २७.२१ अंकले बढेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/08/image-21.png)
SHARE YOUR THOUGHTS