नियम विपरीत आफ्ना कम्पनीको रेटिङ आफैं गर्दै विशाल ग्रुप, विकृति बढ्यो « Eglish Khabarhub

नियम विपरीत आफ्ना कम्पनीको रेटिङ आफैं गर्दै विशाल ग्रुप, विकृति बढ्यो


३० श्रावण २०७९, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । ३ वर्षअघि सूर्या लाइफ इन्स्योरेन्सले ८८ करोड ७४ लाख रुपैयाँको हकप्रद सेयर निष्कासन गर्दा केयर रेटिङ कम्पनीमार्फत् रेटिङ गरायो ।

तत्कालीन समयमा सूर्या लाइफको सञ्चालक समितिमा बिनोद आत्रेय सदस्य थिए । आत्रेय केयर रेटिङ कम्पनीमा पनि सञ्चालक समितिमा सदस्य थिए ।

दुबै कम्पनीको सञ्चालक समितिको सदस्य भएका बेला सूर्या लाइफले हकप्रदका लागि केयर नेपालबाट रेटिङ गराएको थियो । ८८ करोड ७४ लाख रुपैयाँको हकप्रदका लागि केयर नेपालले ‘ग्रेड फोर’ रेटिङ दिएको थियो ।

धितोपत्र बोर्डको क्रेडिट रेटिङ नियमावली अनुसार सूर्या लाइफ इन्स्योरेन्सले केयरबाट गरेको रेटिङ व्यवसायिक स्वार्थ देखिन्छ । केयर नेपाल र सूर्या लाइफको लगानीकर्ता विशाल ग्रुप हो । विशाल ग्रुपले आफ्नै लगानी रहेको दुबै कम्पनीमा एउटै व्यक्ति सञ्चालक हुँदा रेटिङ गराएको थियो ।

आफ्नै लगानीमा रहेको कम्पनीको रेटिङ आफ्नै लगानीमा रहेको रेटिङ कम्पनीमार्फत् गराउनु यो एउटा उदाहरण मात्रै हो ।

रेटिङ ऐजेन्सीमा व्यावसायिक समूहको लगानी भएसँगै उनीहरुले आफ्नै कम्पनीको रेटिङ गर्दा व्यावसायिक स्वार्थ देखिएको हो ।

अहिले नेपालमा ३ वटा रेटिङ कम्पनी सञ्चालनमा छन् । धितोपत्र बोर्डले सबैभन्दा पहिला इक्रा नेपाललाई रेटिङ कम्पनीको लाइसेन्स दिएको थियो । त्यसपछि केयर नेपाल तथा हालै इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडलाई लाइसेन्स दिएको हो ।

तीनवटै रेटिङ कम्पनीमा भारतीय कम्पनीको ५१ प्रतिशत सेयर लगानी छ । इक्रामा देखिने गरेर व्यवसायिक घरानाको लगानी छैन । केयरमा विशाल ग्रुप र आइएमई समूहको लगानी छ भने इन्फोमेरिक्समा घुमाएर शंकर ग्रुपले लगानी गरेको छ ।

नेपालमा रेटिङ भित्राउने काम भने धितोपत्र बोर्डका पूर्वअध्यक्ष दीपकराज काफ्लेले गरेका हुन् । उनी अध्यक्ष भएको बेलाको सम्बन्धका आधारमा इक्रालाई नेपालमा भित्राएका हुन् ।

धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा रेटिङ अनिवार्य गरेको छ । राष्ट्र बैंकले ५० करोडभन्दा बढीको ऋण लगानीमा रेटिङ अनिवार्य गरेको छ । जसले नेपालमा रेटिङ कम्पनीको व्यवसायलाई फस्टाउने मौका दिएको छ ।

अन्य क्षेत्रमा जस्तै रेटिङ कम्पनीमा पनि व्यावसायिक घरानाबीच कम्पनी खोल्ने प्रतिस्पर्धा देखिएको हो । रेटिङ कम्पनीले आफ्नै लगानीकर्ताका अन्य कम्पनीमा रेटिङ गर्दा उनीहरुको विश्वसनियतामाथि समेत प्रश्न उठेको छ ।

केयर नेपालमा विशाल ग्रुप अन्तर्गतका कम्पनीको रेटिङ बढी हुने गर्छ । शंकर ग्रुपले घुमाएर लगानी गरेर इन्फोमेरिक्सले अहिलेसम्म गरेको कम्पनीहरुको रेटिङमा शंकर ग्रुपको लगानी भएको कम्पनीको संख्या बढी छ ।

केयर नेपालले लगानीकर्ता विशाल ग्रुपको लगानी भएका वित्तीय क्षेत्रका कम्पनीहरुमा एनआईसी एशियाको रेटिङ गरेको छ ।

विशाल ग्रुपको लगानी भएको उद्योग तथा ट्रेडिङ कम्पनीमा कमला रोलिङ मिल, यती ब्रुअरी, ग्रीन भेन्चर, मैनावत्ती स्टील, युनाइटेड डिस्ट्रिब्युटर, प्यारामाउन्ट मोटर्स, भिजी अटोमोबाइल्स, एडभान्स अटोमोबाइल्स, ग्लोबल ट्रेडिङ, कन्र्सन, लाइफ केयर डिस्ट्रिब्युसन तथा घोराही सिमेन्ट छन् ।

जस अन्तर्गत कम्पनीहरुले ५० अर्ब हाराहारीमा ऋण लिएका छन् । जसमा केयर नेपालले ‘ट्रिपल बी’ देखि ‘ए थ्री’सम्म रेटिङ दिएको छ ।

यस्तै आइएमई समूहको लगानी रहेको आइएमई लाइफ इन्स्योरेन्स तथा डिशहोमको रेटिङ पनि केयर नेपालले गरेको छ । केयर नेपालको लगानीकर्तामा केयर इन्डिया बाहेक नेपालबाट विशाल ग्रुप तथा आइएमई ग्रुपका कम्पनीको लगानी छ ।

केयर नेपालमा सबैभन्दा बढी सेयर बिशाल ग्रुपको छ । जसमा बिशाल ग्रुप लिमिटेड, इमर्जिङ नेपाल, नेपाल रिइन्स्योरेन्स, ग्लोबल आइएमई बैंक, प्रुडेन्सियल इन्स्योरेन्स तथा एआईसी नेपालको सेयर लगानी छ ।

केयर नेपालमा लगानी रहेका कम्पनीमा ग्लोबल आइएमई बाहेक सबै कम्पनीमा विशाल ग्रुपको लगानी छ । इमर्जिङ नेपाल र नेपाल रि–इन्स्योरेन्समा भने आइएमई समूहको समेत लगानी छ ।

हालै मात्र सञ्चालनमा आएको इन्फोमेरिक्सले शंकर ग्रुपका कम्पनीहरु जगदम्बा स्टील, जगदम्बा हस्पिटालिटी, रिद्धिसिद्धी सिमेन्टको रेटिङ गरेको छ । इन्फोमेरिक्समा शंकर ग्रुपको देखिने गरेर लगानी भने छैन । तर, घुमाएर लगानी रहेको छ । यसरी रेटिङ स्वार्थ देखिने हुन्छ ।

कानूनमा के छ ?
धितोपत्र बोर्डको क्रेडिट नियमावलीमा रेटिङ कम्पनीले कानून विपरीत काम गरेको देखिनछ ।

क्रेडिट रेटिङ नियमावली २०६८ क्रेडिट रेटिङ संस्थाले आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मूख्य सेयरधनी वा आफ्नोे मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ गराउन हुँदैन भनेर लेखिएको छ ।

दफा ३४ मा रेटिङ कम्पनीले गर्न नहुँने कामको बारेमा यसरी व्याख्या गरिएको छ ।

क्रेडिट रेटिङ संस्थाले गर्न नहुने तथा जानकारी प्रवाह गर्नु पर्नेः

(१) क्रेडिट रेटिङ संस्थाले आफ्नो वा आफ्नो संस्थापक सेयरधनी, मूख्य सेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ गर्नु हुदैन ।

(२) क्रेडिट रेटिङ संस्थाले आफ्नोे मुख्य शेयरधनी वा मुख्य शेयरधनी कुनै कम्पनीमा आधारभूत शेयरधनी भएमा त्यस्तो कम्पनीको क्रेडिट रेटिङ गर्न पाउने छैन ।

स्पष्टिकरण: आधारभूत शेयरधनी भन्नाले प्रचलित कम्पनी ऐनमा भएको व्यवस्था बमोजिमको आधारभूत शेयरधनीलाई जनाउने छ ।

(३) क्रेडिट रेटिङ गराउने ग्राहक देहाय अनुसारका भएमा क्रेडिट रेटिङ संस्थासँग कुन किसिमको सम्बन्ध रहेको छ सो सम्बन्धी व्यहोर रेटिङ उद्घोषणमा खुलाउनुपर्ने छः

(क) क्रेडिट रेटिङ संस्था वा संस्थाका संचालक वा कार्यकारी प्रमुखको व्यक्तिगत रुपमा कुनै वित्तीय स्वार्थ भएमा,

(ख) क्रेडिट रेटिङ संस्था वा यसका मूख्य शेयरधनी, ग्राहक कम्पनीको एसोसिएट कम्पनी रहेको भएमा,

स्पष्टिकरणः यस उपनियमको प्रयोजनका लागि “एसोसियट” भन्नाले क्रेडिट रेटिङ संस्थासँग सम्बन्धित देहायको व्यक्तिलाई जनाउने छः

१. प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफैले वा आफूसहित आफ्नोे एकाघरको परिवारको सदस्यसमेत मिली क्रेडिट रेटिङ संस्थाको कम्तीमा दश प्रतिशत शेयर स्वामित्व ग्रहण गरेको वा मताधिकार प्राप्त गरेको, वा

२. क्रेडिट रेटिङ संस्था आफै वा मूख्य कम्पनी वा सहायक कम्पनीसँग मिलेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दश प्रतिशतभन्दा कम नहुने गरी सेयर स्वामित्व ग्रहण गरेको वा मताधिकार प्राप्त गरेको कम्पनी ।

नियम विपरीत भएको कामको अनुसन्धान गर्दै धितोपत्र बोर्ड
धितोपत्र बोर्डले अहिले नियम विपरीत रेटिङ कम्पनी कम्पनीले आफ्नो लगानीकर्ताका कम्पनीको रेटिङ गरेको विषयमा अनुसन्धान गर्दै गरेको जनाएको छ । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले छानबिन समिति गठन गरेर अध्ययन गरिरहेको बताएका छन् ।

‘रेटिङ कम्पनीले नियम विपरीत काम गरेको गुनासो आएको छ, केहीले देखिने गरेर आफ्नै लगानीकर्ताको कम्पनीको रेटिङ गरेको भेटियो, हामीले सबै विवरण माग गरेर अध्ययन गरेका छौ,’ हमालले क्लिकमाण्डूसँग भने ।

केयर नेपालको लगानीकर्ता विशाल ग्रुप भएको र विशाल ग्रुप अन्तर्गतका कम्पनीहरुको रेटिङ गर्दा स्पष्ट रुपमा विशाल ग्रुपको लगानी भएको खुलाएको छ । केयर नेपालले कम्पनीको रेटिङ गर्दा कम्पनीको बलियो आधार रहेको तथा बिशाल ग्रुप अन्तर्गतको कम्पनी रहेको उल्लेख गर्ने गरेको छ ।

उदाहरणका लागि घोराही सिमेन्टलाई लिन सकिन्छ । घोराही सिमेन्टको लगानीकर्ता त्रिवेणी ग्रुप र विशाल ग्रुप रहेको उल्लेख गरेको छ ।

ग्रुप अन्तर्गत सबैभन्दा बढी १२ अर्ब ८७ करोड रुपैयाँ ऋण लिने कम्पनी हो । जसलाई केयर नेपालले अल्पकालिन ऋणको लागि ‘ए’थ्री तथा दीर्घकालीन कर्जाका लागि ट्रिपल बी रेटिङ दिएको छ । रेटिङ कम्पनीले आफूले गरेको रेटिङको जानकारी वेबसाइटमार्फत् सार्वजनिक गर्नुपर्छ ।

केयर नेपालले स्थापनाकालदेखि नै बिशाल ग्रुप अन्तर्गतका कम्पनीको रेटिङ गरेपनि धितोपत्र बोर्डले अहिलेसम्म केहीपनि कारबाही अगाडि बढाएको थिएन । बोर्डका अध्यक्ष हमाल भने अनुसन्धान गरेर कारवाहीको प्रक्रियामा लग्ने बताउँछन् ।

‘विगतको कुरा अब गरेर फाइदा छैन, हामीले अनुसन्धान समिति गठन गरेका छौं, नियम विपरीत काम गर्नेलाई कारवाही हुन्छ,’ हमालले थपे ।

रेटिङ एजेन्सी इक्रा नेपालकी सीइओ वर्षा श्रेष्ठ व्यावसायिक घरानाले लगानी गरेर रेटिङ कम्पनी खोल्ने र आफ्नो कम्पनीको रेटिङ आफैंबाट गराउँदा व्यवसायीको स्वार्थ बाझिने हुनाले यस्तो गर्न नपाइने बताउँछन् । उनले धितोपत्र बोर्डले नै यस्तो काम गर्न रोक लगाएको बताइन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार ००:००  १२ : ४६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping