![](https://internal.appharu.com/wp-content/uploads/2022/07/Gold-768x427.png)
काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएकोमा बुधबार ५ सय रुपैयाँले घटेर ९६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएकोमा बुधबार ९५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम भएकोमा बुधबार १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS