![](https://internal.appharu.com/wp-content/uploads/2020/02/oyo-hotel.jpg)
काठमाडौं । काठमाडौंको ठूलो भर्याङ सवा २ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माण हुने भएको छ ।
कुल २ अर्ब २९ करोड ३० लाख रुपैयाँ लगानीमा निर्माण हुन लागेको पद्यमा हस्पिटालिटीमा ऋण र इक्विटीको अनुपात ८०ः२० छ ।
अर्थात् कम्पनीले १ अर्ब ८४ करोड ८० लाख रुपैयाँ ऋण लिनेछ भने बाँकी ४४ करोड ५० लाख रुपैयाँ इक्विटीका रुपमा लगानी हुनेछ । कम्पनीका अनुसार गत २०२२ जुलाई महिनासम्ममा होटलको काम ३१.८१ प्रतिशत सम्पन्न भइसकेको छ ।
पद्यमा ग्रुपको लगानी रहेको ट्रयाङक्युलिटी रोयल होटल सन् २०२६ को जनवरीदेखि सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको कम्पनीको भनाइ छ । कुल २०० वटा रुम हुने होटलमा स्वीमिङ पुल, कन्फरेन्स र बैंक्वेट हल समेतको सुविधा हुनेछ ।
सन् २०२० डिसेम्बर २७ गते कम्पनीका रुपमा स्थापना भइ निर्माण शुरु भएको होटलको लगानीकर्तामा राजुप्रसाद कँडेल हुन् ।
धुनीवेशी आर्दश बहुमुखी क्याम्पस, जगतगरु कृपालु प्रतिस्थाानका अध्यक्ष समेत रहेको कँडेल मिडिया अलाइसन्स नेपालका उपाध्यक्ष पनि हुन् । पद्या ग्रुप अफ कम्पनिज अन्तर्गत विभिन्न १५ वटा कम्पनी सञ्चालनमा छन् ।
कम्पनीले हालै ४० करोड ७० लाख ६० हजार रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ ।
SHARE YOUR THOUGHTS