![](https://internal.appharu.com/wp-content/uploads/2019/07/stock-market-down.jpg)
काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको छ ।
कारोबारको सुरुदेखि नै बजारमा देखिएको गिरावट अन्तिम समयसम्म कायमै रह्यो । फलस्वरुप बजार २१.२२ अंकले घटेर परिसूचक १९५१.७९ बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.८९ अंकले घटेर ३७९.०५ बिन्दुमा रोकिएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ७.०६, ट्रेडिङ २९.७, विकास बैंक ६४.८९, जलविद्युत ४६.६३, वित्त कम्पनी ३५.३१, निर्जीबन बीमा १४७.९, उत्पादन तथा प्रशोधन २३.३८, अन्य समूहको २२.४५, माइक्रोफाइनान्स ५२.४१, जीवन बीमा समूहको उपसूचक ८५.६४ अंकले घटेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/09/image-7.png)
SHARE YOUR THOUGHTS