![](https://internal.appharu.com/wp-content/uploads/2019/07/stock-market-down.jpg)
काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट जारी रहेको छ । बजारमा आएको गिरावटसँगै कारोबार रकम पनि घट्दै गएको छ । पछिलल्लो समय बजारसँगै घट्दो कारोबार रकमले लगानीकर्तालाई झनै त्रसित बनाएको छ ।
बजार मापन गर्ने सूचक १३.५९ अंकले घटेर १९१२.६९ बिन्दुमा रोकिएको छ । बजार निरन्तर घट्दै गर्दा परिसूचक १९ सय नजिक पुगेको छ ।
२२५ कम्पनीको २६ लाख १३ हजार ५४० कित्ता सेयर ८३ करोड १६ लाख ३ हजार ६५० रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा राताम्मे देखिएको छ ।
बैंकिङ समूहको उपसूचक ५.१७, विकास बैंक १४.२८, वित्त कम्पनीको १७.४८, जलविद्युत ३०.६६, जीवन बीमा ५२.५५, उत्पादन तथा प्रशोधन १३.५६, माइक्रोफाइनान्स समूहको ३०.२६, निर्जीबन बीमा समूहको उपसूचक ४६.८८, अन्य समूहको उपसूचक २३.८१ अंकले घटेको छ ।
बजार राताम्मे बन्दा यूनाइटेड आईडीआई मार्दी आरबी हाईड्रोपावर, बोटलर्स नेपाल (तराई), सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सामुदायीक लघुवित्त वित्तीय संस्था, अप्पर हेवाखोला हाईड्रोपावर, दोर्दी खोला जलविद्युत कम्पनी, माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । कम्पनीको ४ करोड ७ लाख ५४ हजार ७६३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा रिडी पावर कम्पनी, हिमालयन डिस्ट्रिलरी रहेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/09/image-16-732x768.png)
SHARE YOUR THOUGHTS