काठमाडौं, ११ असार । टाटा मोटर्स एवं नेपालका लागि अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. द्वारा यहि जुन १० तारिखमा अन्तराष्ट्रिय योग दिवसका दिन इन्डिया हाउसमा योग कार्यक्रम आयोजना गरेको छ ।
सो कार्यक्रममा टाटा मोटर्सका अन्तर्राष्ट्रिय ब्यापार, कमर्सियल भेहिकल विभागका प्रमुख रुद्ररुप मैत्रले योगको अभ्यास द्वारा शरिर तथा मनको समीकरणमा ठुलो योगदान पुग्ने तथा मानसीक बोझको निराकरणमा एक प्रभावकारी उपाय हुने व्यहोरा बताए ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मनजीत सिंह पुरीले योग सुस्वास्थ एवं सम्वृद्धिका लागि अति महत्वपूर्ण भएको विषयमा जोड दिए । यो विषय केवल एक व्यायाम मात्र नभई, आफ्नो व्यक्तिगत पहिचान साथै त्यसलाई आत्मसात गर्न एक महत्वपूर्ण विधि भएको उनले बताए ।
सिप्रदी ट्रेडीङ्ग कम्पनीका सिइओ राजन वावु श्रेष्ठले पहिलो पटक यस वर्ष टाटा मोटर्स तथा सिप्रदीले भारतीय राजदुतावास द्वारा आयोजित अन्तर्राष्ट्रिय योग दिवशमा भाग लिएको बताए । श्रेष्ठले पूर्ण सचेतना सहीत, आफु तथा प्रकृति प्रति पूर्ण उत्तर दायित्वका साथ पूर्ण रुपमा जीवन व्यतित गर्न सवैलाई आफ्नो व्यक्तिगत जीवनमा योग लाई अपनाउन तथा यसको अभ्यास गर्न आग्रह गरे ।
SHARE YOUR THOUGHTS