काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग परिसंघले बैंकको ब्याजदर घटाउन माग गरेको छ । नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिबारे सुझाब दिन परिसंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष हरिभक्त शर्माले ब्याजदर घटाउन माग गरे ।
‘चालु आर्थिक वर्षको प्रारम्भमा ७ प्रतिशत मालिएको कर्जाको ब्याजदर अहिले १२ प्रतिशत नाघिसक्यो । यो बढ्ने क्रमजारी छ । कर्जाको उच्च ब्याजदरले औद्योगिक क्षेत्रको लागत बढेर मुद्रास्फीतिमा चाप पर्ने, निर्यातमा ह्रास आउने र आयात बढ्ने प्रभावहरु देखिसकेको हुँदा आगामी आर्थिक वर्षको मौद्रिक नीतिले औद्योगिक क्षेत्रको कर्जाको ब्याजदर घटाउन चनाखो हुनु पर्दछ,’ परिसंघ अध्यक्ष शर्माले भने ।
औषधि, लत्ता कपडा, शैक्षिक सामाग्री र औद्योगिककच्चापदार्थ देखि दैनिक जीवनका खाद्यान्न, फलफूल र कृषि उपजको आयात बढ्न गई व्यापार घाटा चुलिएर धान्नै नसकिने अवस्था रहेकाले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले कुल गार्हस्थ उत्पादन बढाउने उत्पादनशील क्षेत्रकाकर्जा प्रवाहगर्ने नीतिगत व्यवस्था गर्नु आवश्यक रहेको शर्माले सुझाब दिए ।
परिसंघका पदाधिकारीले नेपाली अर्थतन्त्रलाई क्रमश: नगदरहित अर्थतन्त्रमा विकास गर्नुपर्ने, बैकिङ्ग क्षेत्रको स्प्रेड दर घटाउनु पर्ने, नेपाली उद्यमीहरुलाई वैदेशिक लगानी गर्न खूला गर्नु पर्ने, पूर्वाधार विकास र निर्यात प्रवद्र्धनका लागि सुलभ दरमा कर्जा उपलब्ध गराउनु पर्ने, उत्पादक क्षेत्रको परिभाषामा संशोधन गरिनु पर्ने सुझाब दिएका थिए ।
त्यसैगरी, सीएनआइले राष्ट्र बैंकमा रहेको पुनरकर्जा कोषको रकम बढाएर न्यूनतम् १ अर्ब पुर्याउनु पर्ने सुझाव दिएको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा प्रमुख अतिथि थिए । थापाले परिसंघका सुझाबलाई समेटेर नयाँ मौद्रिक नीति ल्याउने आश्वासन दिए ।
SHARE YOUR THOUGHTS